मोडल तथा नायिका अनुष्का ढकालले अभियनको क्षेत्रबाट सदाका लागि सन्यास लिने घोषणा

दुई  बर्ष अघि प्रशन्न पौडेलले निर्देशन गरेको एक म्यूजिक भिडियोबाट करिअर सुरू गरेकी मोडल तथा नायिका अनुष्का ढकालले अभियनको क्षेत्रबाट  सदाका लागि सन्यास घोषणा गरेकी छिन् । 

आफू अभिनित पछिल्लो चलचित्र प्लानको डविङ सके लगत्तै  यो फिल्डमा टच नै हुन मन छैन । मिहिनेत अनुसारको पारिश्रमिक पनि छैन त्यसैले फ्यूचरका लागि टाईम वेष्ट गर्नु भन्दा पढाई तिर ध्यान दिने  निर्णय गरेको छु ।'  यस्तै आफुलाई  परिवारले पनि अभिनयमा नलाग्न पटक-पटक गरेको आग्रहलाई अहिले आएर बुझेको भन्दै अनुष्काले परिवारको निर्देशन अनुरूप आगामी भविष्य कस्तो बनाउने निर्णय गरेको बताईन् । उनले सर्वप्रथम दीपक श्रेष्ठको निर्देशनमा बनेको चलचित्र मजबुरमा ब्रेक पाएकी थिईन् । त्यसपछी उनले सन्त्रास चलचित्रमा अभिनय गरिन् र तत्काल शोभित बस्नेतले निर्देशन  गरेको चलचित्र  प्लानमा अभिनय गरेपछी उनले यो क्षेत्रबाट सन्यास घोषणा गरेकी हुन्  ।  उनि अभिनित उक्त तिनै चलचित्र रिलिजको लिष्टमा छन् । 
यस्तै  अनुष्काले करिब तीन दर्जन म्यूजिक भिडियोमा र केही विज्ञापनमा पनि अभिनय गरेकी छिन् । तर बचन दिईसकेकाले  एक म्यूजिक भिडियोमा भने आगामी शनिबार अन्तिम अभिनय गर्ने उनले जानकारी दिईन् । 'त्यसपछी मलाई यो क्षेत्रमा तपाईहरूले देख्न पाउनु हुने छैन',  फ्रष्टेड  मुद्रामा  उनले भनिन् ।