अमेरिकी युवकसाग बिहे गरेपछि उतैतिर लागेकी अभिनेत्री तथा मोडल रुपा उपाध्यायले सानफ्रान्सिस्कोमा बिकिनी लगाएर फोटो गरिन् । रुपाका उत्तेजक तस्वीरहरु मिडियामा खुवै छाए ।
अहिले रुपा फेरिएकी छन धेरै अर्थमा । अमेरिकी युवकसाग डिभोर्स गरेर उनी नेपाल फिरेकी छन् । नेपालमै करियर बनाउने धाउन्नमा लागेकी रुपाले अहिले एउटा रियालीटी सोमा निर्णायकका रुपमा काम गरिरहेकी छन् ।
हालै ‘शुक्रबार’लाई अन्र्तवार्ता दिंदै रुपाले नेपालमा बिकिनी लगाएर फोटोसुट नगर्ने बताएकी छन् । ‘यो नेपाल हो, युरोप-अमेरिका हैन- रुपाले भनिन- ‘म बिकिनी गर्लका रुपमा स्थापित हुन चाहान्न ।’ उनको गजबको सर्त छ- बिकिनी लगाउन नेपालमा बिच-समुद्रीकिनार) पनि त हुनुपर्यो ।
अन्र्तवार्तामा रुपाले आफु मोडर्न सोंच भएको केटाको खोजीमा रहेको बताएकी छन् । मोर्डन सोंच भएको र परिवारलाई महत्व दिने केटा भेटें भने फेरि बिहे गर्छु- रुपाले भनिन् ।
अमेरिका गएरमात्र आफुले मेकअप गर्न जानेको बताउने रुपाले काठमाण्डौंको धुलोले गर्दा मेकअप गरेर हिड्न नसकिने बताइन् । भारतीय अभिनेत्री करिना कपुरको जिरो साइज फिगर भएपनि अमेरिकामा साथीहरुले आफुलाई ‘डबल जिरो साइज’ भन्ने गरेको रुपाले सुनाइन् ।


