

निर्देशक सुरज सुब्बा ‘नाल्बो’को पछिल्लो फिल्म ‘सायद’ ले परीक्षण शो प्रस्तुत गरेको छ। आइतवार अनामनगरस्थित सफ्ट टाइममा फिल्मको परीक्षण शो देखाइयो। शुक्रबारदेखि सुरू गरिएको परीक्षण शो एक सातासम्म चल्ने निर्देशकले बताए। ‘फिल्म प्रर्दशन गर्नुअघि फिल्मबारे बुझेका व्यत्तित्वहरूलाई ‘सायद’बारे सुझाव दिन यस्तो किसिमको शो गरेको हुँ,’ उनले बताए। फिल्म हेर्न पुगेका अशोक शर्माले फिल्मबारे ‘कलेज पठ्ने तन्नेरी युवा र उनको परिवारलाई प्रति सकारात्मक सन्देश दिन्छ’ भने ।‘अभिभावकलाई आफ्नो छोराछोरीप्रति मायामात्र होइन कहिलेकाही कडा रूपमा प्रस्तुत हुनुपर्छ भन्ने सन्देश यस फिल्मले दिएको छ।’ फिल्म निर्देशक नारायण पुरीले भने,’पछिल्लो समय नेपाली फिल्मको गुणस्थर सप्रेको छ।
प्रधानमन्त्री खनालले माओवादीले पठाएका नयाँ मन्त्रिहरुलाई सरकारमा सहभागी नगराएको भन्दै सरकारमा सहभागी आफ्ना सबै मन्त्रीहरुलाई फिर्ता बोलाएको छ । पार्टी कार्यालय पेरिसडाँडामा शनिबार बसेको माओवादी स्थायी समितिको बैठकले पार्टीले गरेका सिफारिसअनुसार मन्त्रीहरुको सपथ नगराएकोमा गम्भीर आपत्ति जनाउँदै सरकारमा सहभागी सबै मन्त्रीहरुलाई फिर्ता बालाउने निर्णय गरेको हो। ‘पार्टीको सिफारिस अनुसार मन्त्रीहरुलाई सपथ नगराई प्रधानमन्त्री खनालले धोका दिएको भन्दै सरकारमा सहभागी सबै मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय पार्टीले गर्नुपरेको माओवादी प्रवक्ता दिनानाथ शर्माले बताए ।





गायीका श्रुती सिंङको पहिलो एकल एल्बम श्रुती सार्बजनिक भएको छ । राजधानीको त्रिपुरेश्वर स्थीत डिइसी हलमा सोमबार एक कार्यक्रमका बीच सभाष्द् एबम् युवा उधमी राजेन्द्र खेतान,बासुदेब मुनाल, ओमबिक्रम बिष्ट, योगेश्बर अमात्य लागायतका हस्तीहरु द्वारा संयुक्त रुपमा एल्बम सार्बजनिक गरिएको छ ।





































