
कलिउडमा यतिबे एउटा समाचारले खुबै चर्चा पाएको छ । एउटी नायिकाले आफ्नै श्रीमानलाई मामा भनेपछि कलिउडमा खैलाबैला मच्चिएको हो । कोही–कोही मान्छे आफ्नो आवश्यकता परिपूर्ति गर्ने नाममा अरूमाथि अन्याय गर्न तयार हुन्छन् । यसरी तयार भएकी हुन् नायिका सुमिना घिमिरे ।सिनेमा हेर्ने दर्शकका लागि कुनै हिरोइनले विवाह गर्नु र नगर्नुले भन्दा उसले पेस गर्ने अभिनय महत्वको विषय बन्छ । तर, कतिपय युवती विवाहिता भएर पनि अविवाहिता भन्ने र अविवाहिता भन्ने नाममा नयाँ–नयाँ साथी खोज्ने धन्दामा लाग्ने गरेका छन् ।
दुई वर्षपहिला बाँके कोहलपुरका नीराजन मल्लसँग वैवाहिक बन्धनमा बा“धिएकी नायिका सुमिनाले आजकल आफू अविवाहित रहेको र जीवनसाथीको खोजीमा रहेको बताउने गरेकी छन् । पतिसँगै एउटा धार्मिक कार्यक्रममा सहभागी भएका केही तस्बिर पनि फेला पारेका छन् ।पहिला दाङ र आजकल सुर्खेततिर सुमिनाको घर छ । गाउँमा छँदै नीराजनसँग उनले इन्गेजमेन्ट गरेकी थिइन् । उनीहरूको सल्लाह भयो, नीराजन केही वर्षका लागि पैसा कमाउन विदेश जाने र त्यसबीच सुमिनाले काठमाडौं बसेर पढ्ने । सुमिनाको काठमाडौं बसाइ र खर्चको प्रबन्ध पनि नीराजनले नै गर्ने । यही सम्झौताअनुसार दुई वर्षअघि नै नीराजन पैसा कमाउन खाडी राष्ट्रतिर लागे । यता, नेपालस्थित आफ्नो घरमा भन्दा बढी खर्च उनले सुमिनाका लागि पठाए, उनको पढाइ र बसाइका लागि । तर, सुमिनाले ‘बाटो बिराइन् ।’ अर्थात्, पतिसँगकोउनले विदेशबाटै सर्त राखे, कि फिल्म खेल्न छाड, कि मलाई छाड । सुमिनाले दुवै गरिनन् । यसपछि उनको विदेशबाट आउने खर्च रोकियो । तर, यता काठमाडौंमा सुमिनालाई खर्चको कुनै समस्या रहेन । कारण, रंगीन दुनियाँमा उनको चमकदमक बढ्दो थियो ।
उनले अनेकन जुक्ति लगाएर नीराजनलाई फकाइफुल्याई गरिन् । नीराजनको मन शान्त भयो । उनी नेपाल फर्किए । उनले विदेशमा गरेको कमाइबाट कोहलपुरमा आफ्नै लगानीको घर पनि बनाए । घरपैँचोको दिन उनीहरुले फेटो पनि खिचाए । जसमा नीराजन र सुमिना पति/पत्नीका रूपमा उपस्थित थिए । अनि निम्तालुलाई सँगै बसेर स्वागत पनि गरे ।
त्यसलगत्तै सुमिनाले फेसबुकमा नीराजनको फोटोसहित एउटा स्ट्याटस पनि राखिन्, ‘मेरो जीवनको रियल हिरो उही हो ।’ नीराजनले पनि गर्वका साथ सुमिना आफ्नी पत्नी भएको कुरा फेसबुकबाटै घोषणा गरे ।
यसपछि पत्नीप्रति ढुक्क हुँदै नीराजन फेरि खाडीतिर लागे । अनि, पुरानै कथा दोहोरियो । अर्थात्, नीराजनले देश छाडेपछि उनी सुमिनाका पति रहेनन् । फेरि सुमिना अविवाहिता नायिकाको परिचयमा आइन् । कसैले सोध्यो भने उनले नीराजनलाई ‘मामा’ भन्न थालिन् ।
माया भनेको विश्वासको नाम हो । एकपटक हैन, पटक–पटक पत्नीबाट धोका खानुपरेको पीडा अहिले नीराजनका लागि सहन मुस्किल भएको छ ।