अभिनेत्री ऐश्वर्या राय गर्भवती अमिताभ वच्चन ज्यादै हर्षित
३५ वर्षीय अभिषेक वच्चनसँग अप्रिल २००७ मा विवाह गरेकी पूर्व मिस वर्ल्ड तथा अभिनेत्री ऐश्वर्या राय गर्भवती भएको खुलासा भएको छ । ऐश्वर्याका ससुरा तथा ख्याती प्राप्त बलिउड महानायक अमिताभ वच्चनले ऐश्वर्या गर्भवती भएको कुरा ट्वीटर सामाजिक सञ्जालमार्फत खुलासा गरेका हुन् । वच्चनले आफ्नो ट्वीटर खातामा मङ्गलबार लेखेका छन्, ‘समाचार, समाचार, समाचार, अब म हजुरबुवा हुने भएँ, ऐश्वर्या गर्भवती छिन्, म ज्यादै हर्षित छु ।’ अब हुने सन्तान उनीहरूको पहिलो सन्तान हुनेछ । अमिताभलाई ट्वीटरमा आधाघन्टाभित्रै २८४३ बधाइ आएका थिए ।