गायिका सपना रानीको पहिलो गीति संग्रह ‘नाता’ गुरु पूर्णिमाको अवसर पारेर विमोचन गरिएको छ । अनुराग संगीत विद्यालयमा शुक्रवार आयोजित कार्यक्रममा गीतकार तथा कवि सञ्जिव राई तथा संगीतकार राम सिटौलाले संयुक्त रुपमा उक्त संग्रह विमोचन गरेका हुन् । ‘गुरु पूणिर्माको दिन संग्रह विमोचन गर्नु आफैंमा ठूलो उपलब्धि हो, विमोचन समारोहलाई सम्बोधन गर्दै अनुराग संगीत विद्यालयका प्रशिक्षक तथा संगीतकार राम सिटौलाले भने – ‘यो पावन दिनमा गरिएको विमोचनले सकारात्मक प्रभाव पार्नेछ ।’विमोचनअघि अनुराग संगीत विद्यालयका विद्यार्थीहरु सत्य-स्वरुप आचार्य, बावु वोगटी, दुर्गा खरेल, वेदु सारु, मेघ लामा, जगत संसार आदिले सांगीतिक गुरु राम सिटौला तथा अर्जन पोखरेलबाट टिका तथा प्रसाद ग्रहण पनि गरेका थिए । अनुराग संगीतको प्रस्तुतिमा तयार भएको विमोचित संग्रहमा सात गीत छन् । Source : page3nepal