कुनै पनि विवाहित महिलाले आफ्ना पुरुषसंग यौन सम्बन्ध किन राख्दा होलान् ? उनीहरूमा त्यस्तै रुचि हुंदो हो कि साथीको चित्त बुझाउन मात्र एउटा अनुसन्धानले के देखाएको छ भने वैवाहिक जीवन शान्तिपूर्ण रहिरहोस्, विना कारणको टाउको दुखाईमा पर्न नपरोस् भनेर उनीहरू पतिसँग सर्वाधिक एकान्त क्षण बिताउन चाहन्छन् ।उनीहरूको सूचीमा रोमान्सको स्थान निकै पछि हुन्छ । टेक्सस विश्वविद्यालय अन्तर्गत मनोविज्ञानका प्राध्यापक सीडी मेस्टन र डेभिड बसद्वारा लिखित ’ह्वाई विमेन ह्याभ सेक्स ?’ (महिला किन यौन सम्बन्ध राख्छन् ?) पुस्तकमा पत्नीले पतिसंग यौन सम्बन्ध राख्नुका दुई सय कारण उल्लेख गरिएको छ । यो पुस्तकका लागि गरिएको अनुसन्धानमा एउटी महिलाले केसम्म भनेकी छन् भने पतिले शुक्रकीट बाहिर निकाल्न सकून् भनेर मात्रै ऐकान्तिक क्षण बिताउने गरेको बताएकी छन् । अहिलेसम्मको मान्यता अनुसार पुरुषहरुलाई महिला यौन रुपमा आकर्षक (सुक्सुअली अट्याक्टिभ) लाग्छन् तर महिलाले पुरुषमा यस्तो कुनै कुरा भेट्दैनन् । अनुसन्धानका समय प्रा. मेस्टनले एक हजार महिलाको अन्तर्वार्ता लिए ।मनोवैज्ञानिक अनुसन्धान अनुसार महिलाहरू मानसिक एवं भावनात्मक लोकमा जिउँछन् तर पुरुष शारीरिक एवं वैज्ञानिक आधारमा जिउँछन् । महिलाका लागि उनको कल्पना आधार हुन्छ भने पुरुषका लागि उसको मेहनत र क्रियालकपा । महिलाको स्वभाव दिनेर बाँड्ने हुन्छ भने पुरुषको स्वभाव प्राप्त गर्ने र त्यसमाथि रजाई गर्ने हुन्छ । यस्तै कारणले गर्दा महिला-पुरुष एक-अर्काका विपरीत हुन् र तिनको आवश्यकता, प्राथमिकता, इच्छा आदि पनि फरक छन् । तथापि दुवैमा एक-अ्रर्काप्रति प्रेम, आकर्षण र वासना हुन्छ । यही कुराले विपरीत भएर पनि उनीहरू एक-अर्काप्रति आकर्षित हुन्छन् । प्रकृतिले महिलालाई दिएको कुरा पुरुषसित छैन र पुरुषसित भएको कुरा महिलासित छैन । अतः यी दुई बीचको आकर्षण प्राकृतिक रुपमा पनि स्वभाविक छ । त्यसैले दुईबीच मिलन हुन्छ, आपसी मिलनबाट एक-अर्काको अधुरोपन पुरा गरी पूर्णता र तृप्ति हासिल हुन्छ । यो मिलन वा मिलनको कल्पना मात्रले पनि महिला-पुरुष दुवै रोमाञ्चित हुन्छन्, व्यक्ति प्रेमले भरिन पुग्छ । अतः यौनको आनन्द प्राप्त गर्न र प्रेम अनुभव गर्न महिला पुरुष आ-आफ्नो तरिका अंगाल्छन् ।
महिला-पुरुषको मनोविज्ञानलाई मध्यनजर गरेर कुरा गर्ने हो भने पुरुष यौनकालागि प्रेम गर्छ भने महिला प्रेम प्राप्त गर्न यौनका लागि स्वीकृति दिन्छन् । दुवैसित एक-अर्कालाई पूर्णता प्रदान गर्न बहाना र माध्यम उपलब्ध छन् । पुरुष दर्साएर आफ्नो भागको यौन सुख हासिल गर्छ भने महिला यौन सुख अनुभव गरेर वा यौनलाई स्वीकार गरेर आफ्नो भागको प्रेम प्राप्त गर्छिन् । वास्तवमा यो प्रेम र यौनको आदान-प्रदानबाट महिला-पुरुष दुवैमा एक गहन तृप्ति जन्मन्छ जसले प्रेमलाई अरु प्रगाढ र गहिराइमा लान्छ । प्रेम र यौन एक-अर्काका पूरक हुन् । अन्य अर्थमा हेर्ने हो भने पनि यौन प्रेमकै एक मजबुत पक्ष हो, जसका माध्यमबाट प्रेमीले आफ्ना भावनालाई यौनका माध्यमबाट अभिव्यक्त गर्छ । यौनको अर्थ सम्भोग मात्र नभएर शारीरिक क्रिया र इसारासित पनि सम्बद्ध छ जसका माध्यमबाट व्यक्तिले आफ्नो प्रेम दर्शाउँछ जुन कुरालाई शब्दमा व्यक्त गर्न सकिंदैन, त्यसलाई शारीरिक क्रियाका माध्यमबाट व्यक्त गर्न यौनले अवसर प्रदान गर्छ । मनको सम्बन्ध विना तनको सम्बन्धको कुनै अर्थ हुंदैन तर यदि आपसमा मानसिक सम्बन्ध राम्रो छ भने साथीको स्पर्श, चुम्बन, आलिङ्गन आदि आनन्ददायक अनुभव हुन्छ । आपसमा प्रेम छ भने त्यसलाई व्यक्त गर्न व्यक्तिले यी कुरालाई माध्यम बनाउंछ वा यी कुराले प्रेम सम्बन्धमा थाहै नपाई स्थान बनाउंछ । प्रश्न उठ्छ प्रेम भएर पनि यौन हुंदैन वा नहुने सम्भावना रहन्छ र आत्माको धरातलमा यसो हुन सक्छ तर साधारण भौतिक वा सांसारिक धरालतमा यस्तो सम्भव छैन । महिला-पुरुषबीच स्वाभाविक आकर्षण छ भने इच्छा र इच्छाले तृप्तिको बाटो खोल्छ तर व्यक्तिले आफ्नो तृप्तिका लागि रोज्ने बाटो फरक हुने कुरा बेग्लै हो । किनभने विना प्रेम यौन सम्पर्क गर्नु एक प्रकारको बलात्कार हो । तर जो आफ्नो यौन सम्पर्क गर्दैन वा गर्न सक्षम हुंदैन, उसले आफ्नो शारीरिक तृप्तिका लागि अन्य माध्यम रोज्छ तन र मनले उसलाई आफ्नो इच्छा पूरा गर्न प्रेरित गर्छ ।