श्री पशुपतिनाथ फाउन्डेशन USA ले लस एन्जलसमा आयोजना गरेको श्रीमद भागवत महापुराण “सप्ताह महायज्ञ” आज समापन भएको छ । सुबिख्यात प्रबचक बाचन प्रबिण पन्डित दीन्बन्धु पोख्रेलले वाचन गर्नुभएको महायज्ञ समापनको आजको दिनमा नुवाकोट निबासी तथा हाल अमेरिकामा आफ्नो ब्यवसाय गर्दै आउनुभएका एकराज नीरा पाण्डेले एक लाख एघार हजार एक सय एघार डलर (करिब असी लाख रुपैया) दान गर्नुभएको छ । प्रबासी नेपाली समाजको इतिहासमा यो नै आजसम्मको सबैभन्दा ठुलो सेवादान हो ।
सामुदायिक केन्द्र, पशुपतिनाथ मन्दिर र बुद्ध स्तुपा निर्माण सहयोगार्थ आयोजित सप्ताह कार्यक्रममा दश लाख डलर (करिब सात करोड पच्चिस लाख रुपैया) दान संकलन भएको छ । सात समुन्द्र पारीको परदेशमा प्रबासी नेपाली समुदायद्दारा आयोजित सर्बश्रेस्ठ यस महायज्ञको आज समापनको दिनमा मात्रै चार लाख डलर दान संकलन गरिएको थियो । बाचन शिरोमणी स्व नारायणप्रसाद पोख्रेलले शुरु गर्नुभएको ‘भक्तिद्दारा समाज परिबर्तन‘ को अभियानलाई निरन्तरता दिदैं आउनुभएका स्व पोख्रेलका सुपुत्र बाचन प्रबिण पन्डित दीनबन्धु पोख्रेलको ‘आध्यत्मको आधुनिक व्याख्या र युवा शक्तिप्रती जोड‘ सम्मिश्रणको जादुमय वाचन कला सुन्न कार्यक्रमको सातै दिन भक्तालुहरुको खचाखच भिडले होस्टेमा हैंसे गर्दै एक डलर देखि एक लाख डलर सम्मको दान उठाउन सफल भएको छ ।
“अठार महिनाको स्थापनाको छोटो समयमै प्रबासी नेपाली समाजको इतिहासमा आश्चर्यजनक यस सप्ताह महायज्ञमा उपस्थित भक्तालुहरुको बल र सेवादानले छिट्टै सामुदायिक केन्द्रको आंगन, पशुपती मन्दिरको झझल्को मेटाउने मन्दिरको सपना छिट्टै पुरा हुने” बचन दिनुहुन्छ, बिरेन्चोक गोरखा निवासी हाल लस एन्जलसमा रहनुहुने फाउन्डेशनका कोशाध्यक्ष तथा महापुराण आयोजक समितिका संयोजक पुन्नाखर “ॠशि” ढकाल । “अनेकतामा एकता, सम्पुर्ण नेपाली समाजबिचको समझदारी र सद्भाब नै प्रबासी समाजको दायित्वबोध एबम कर्तब्य हो भन्ने भावनाका साथ सानो सपनाले शुरु भएको फाउन्डेशन आज दश लाख डलर दान जम्मा गर्न सफल भएको छ । ” संयोजक ढकाल थप्नुहुन्छ, “जहां रहेपनी एक हुने नेपाली मात्रको पहिचान र सहयोगमा एकरुपताको प्रतिबद्धताले अब हामि आफ्नै आंगनीमा सामुदायिक केन्द्र, मन्दिर र स्तुपा निर्माणको सुन्दर सपनाको सांचो बिपना नजिक पुगेका छौं ।“
आजको समापन समारोहमा फाउन्डेशनका अध्यक्ष तथा समापन समारोहका सभाध्यक्ष भक्त थापाले निमन्त्रणा स्विकारी अमेरिका आउनुभएका बाचन प्रबिण दीनबन्धु पोख्रेललाई सम्मान पत्रले सम्मानीत गर्नुभएको थियो । अमेरिकाका लागि नेपाली राजदुत महामहिम डा. शंकर शर्माले फोन मार्फत यस एतिहासिक महायज्ञ, आयोजक समिति र बाचन प्रबिण पन्डित पोख्रेलप्रती आभार र धन्यबाद प्रकट गर्नुभएको थियो । भक्तालुहरुले आफ्ना स्व मातापिता, स्व दाजुभाईको सम्मानमा पचासौं हजार डलर सम्झना दान गरेका थिए । उपाध्यक्ष शिव अधिकारीको स्वागतबाट शुरु भएको कार्यक्रममा उपाध्यक्ष बासु घिमिरे, महासचिब प्रेम गुरागाइं, सल्लाहकार बेदभक्त जोशी, उपाध्यक्ष गोकुल पौडेल, महानदाता एकराज पाण्डे लगायतले आ-आफ्ना मन्तन्य राख्नुभएको थियो
