विवाह मेसीन आविष्कार विना पण्डित नै बिहे हुने

प्रविधिले मानिसको जीवनयापनलाई सहज र सरल बनाउँदै लगेको छ । लाखौं खर्चेर तडकभडककासाथ बिहे गर्ने परम्परालाई चुनौती दिदै पैसा नहुनेहरुको लागि वरदान सावितका रुपमा एउटा विवाह मेसीन को आविष्कार भएको छ । यो मेसीनको सहयोगले अब थोरै खर्च भएर पनि विवाह गर्न नपाउने चिन्ता र कुनै टेन्सनलाई हटाइदिए को छ ।  बिहेको मन्त्र पढ्ने ‘ओटोभाड’ नामक यो मेसिनको सहायताले कुनै पनि जोडी विना पण्डित नै एक डलरमा बिहे गर्न सक्नेछन् । विवाह समारोहमा धार्मिक मन्त्र पढ्ने पण्डितलाई दिने पैसा नहुनेहरुका लागि यो मेसिन वरदार नै सावित भएको छ । विवाह खर्च बढ्दै गएको अहिलेको यो परिप्रेक्ष्यमा धेरै गरिब जोडीलाई राहत दिने मेसिन उत्पादक बेलायती कम्पनीको दाबी छ । ८ फिट अग्लो यो मेसिनमा साँचो दबाई बिहे सम्पन्न गर्न सकिन्छ । बन्टन दबाएलगत्तै मेसिनबाट साङ्गितिक धुन र आवाज मात्र हैन, प्लास्टिकको औठी पनि बाहिर निस्कन्छ । अब अरु के चाहियो र रु सामाजिक जनजिवनमा अति नै उपयोगी हुने यो मेसिन ड्रिटोइट मार्विन्स मार्वेल्स म्युजियमको लागि बनाइएको कम्पनीले जनाएको छ । अहिले रुस, ब्राजिललगायतका देशबाट मेसिनको उल्लेख्य माग आएको छ