मल्लिका शेरावतले ‘डबल धमाल’ मच्चाउन थालेकी छिन्।
आइटम डान्समा बलिउड तताएकी मल्लिका शेरावतले सेकसी पोज डान्स र कम्मर लच्काइले दर्शकलाई एकपटक सोच्न बाध्य बनाउँछ । यसो भनौं की आटम डान्स हेर्ने बलिण्डप्रेमीहरुका लागि मल्लिका शेरावत वरादान साबित बनेर आएँछिन्। ‘मुन्नी बदनाम’भएपछि ‘शिलाको जवानी’ देखेर फिल्मप्रेमीको ‘क्यारेक्टर ढिला’ भैरहेको बेला ‘जलेबी बाई’ मल्लिका शेरावतले ‘डबल धमाल’ मच्चाउन थालेकी छिन्।
भर्खरै रिलिज भएको फिल्म ‘डबल धमाल’ को आइटम गीतमा ‘जलेबी बाई’ बनेर जवानीको करामत देखाएकी छिन् मल्लिकाले। निर्देशक इन्दरकुमारले उनकै लागि फिल्ममा यो आइटम नम्बर थपेकाले उनको भुइँमा खुट्टा छैन। ‘जलेबी बाई’को कम्मर लच्काइले डबल धमालमा ट्रिपल कमाल गरेको छ।