परिवार नियोजन गर्नेलाई नानो कार उपहार

भारतको दोश्रो ठुलो राज्य राजस्थानको झुनझुनू जिल्लाबासीहरुको लागि खुशीको खबर छ । किनकी सो जिल्लामा परिवार नियोजन गर्ने ब्यक्तिहरुलाई नानो कार उपहार दिने अफर घोषण सार्वजनिक भएको छ । संसारकै सबैभन्दा सस्तो भनी प्रचार गरिएको नानो कार दिने योजना सार्वजनिक भएपछि झुनझुनू जिल्लाबासीहरुको कार चढ्ने सपना विपना बन्ने पक्का भएको छ ।जूलाई र सेप्टेम्बर महिनाबीच परिवार नियोजन गर्ने ब्यक्तिहरुलाई कुपन दिइने र लक्की ड्र मार्फत बिजेतालाई नानो कार दिइने झुनझुनू जिल्लाका प्रमुख चिकित्सा अधिकारी सीताराम शर्माले बीबीसीलाई भने । कारको अलवा मोटर साइकल, टिभी र मिक्स्चर ग्राइन्डर पनि उपहार स्वरुप दिइने उनले बताए । बिगत एक दशकमा जनसंख्या बृद्विदर ११।२८ प्रतिसत रहेको यस जिल्लामा मानिसहरुलाई परिवार नियोजनप्रति आकषिर्त गर्न यस्तो योजना ल्याइएको उनले थपे । यहा अधिकांस मानिसहरु शिक्षित रहेको र हालको जनसंख्या झण्डै २१ लाख रहेको शर्माले बताए ।यसअघि पनि सरकारले परिवार नियोजनप्रति आकषिर्त गर्न हरेक ब्यक्तिलाई भारु २ हजार प्रदान गर्ने गरेको थियो । यसको प्रायोजन राजस्थानी सेवा संघ नामको एक स्थानिय ट्रस्टले गरेको छ । ६० वर्ष पुरानो उक्त ट्रस्टले विभिन्न स्थानमा शैक्षिक संस्थाहरु सञ्चालन गरेको झुनझुनू जिल्ला अधिकारी अंबरीश कुमारले बताए । जे होस् जनसंख्या नियन्त्रण गर्ने सरकारको यस्तो योजनालाई मान्नै पर्छ ।