राखीले रोजेको दुलाहा त ‘गे’राखीले स्वंयवर अस्वीकार


भारतीय टेलिभिजन प्रस्तोता राखीको स्वयंवरमा विहेका लागि आउने दुलाहा उम्मेदवारहरुको धुइरो थियो । भारतीय टेलिभिजनबाट लाइभ प्रसारित उक्त कार्यक्रममा राखीले अन्ततः आफ्नो जीवन साथी पनि चुनेकी थिइन् । तर पछि नाटकियरुपमा आफ्नो निर्णय बदल्दै उनले बिहे गर्न इन्कार गरिन् त्यसको कारण बिहे गर्न रोजेको दुलाहा त ‘गे’ रहको बताउँदै राखीले स्वंयवर अस्वीकार गरेको दाबी गरिन् । राखी फेरि चाडै नै ‘गजब देश की अजब कहानिया’ नामक कार्यक्रम लिएर टेलिभिजनमा आउदैछिन । आफ्नो फ्यान तथा दर्शकको प्रेमले आफूलाई टेलिभिजनमा पुनर्गमन गर्न बाध्य भएको बताउछिन् उनी । मौका मिले एक पटक फेरि स्वयंवर गर्ने रहर भएको राखीले खुलासा गरिन् । केहि समयअघि भएको उनको स्वयंवरमा विहेका लागि आउने दुलाहा उम्मेदवारहरुको धुइरो थियो ।

बिहेकै प्रसङ्गमा राखीले आफूलाई शिल्पा शेट्टीसँग तुलना गर्दै राहुल गान्धीजस्तो ब्यक्तित्वसँग विवाह गर्ने रहर भएको बताइन् । शिल्पालाई हट र हृयान्सम केटा मिल्छ भने आफूलाई नमिल्ने भन्ने कुनै कारण नभएको उनले थपिन् । शिल्पा झै सुन्दरी बन्न १५ के।जी। तौल समेत घटाएको राखीले बताइन् । केहि दिन अघि एक टेलिभिजन कार्यक्रममार्फत राखीले राहुल गान्धीसँग बिहे गर्ने इच्छा भएको लाइभ घोषणा गरेकी थिइन्