चलचित्र 'मन परेपछि'हेर्न पोखरामा दर्शकले टिकट पाएनन्

नेपाली कथानक चलचित्र 'मन परेपछि' हेर्न हलसम्म पुगेका पोखराका दर्शकले टिकट नपाएपछि सो चलचित्र नहेरी फर्केको बताईएको छ ।मोफसलबाट प्रदर्शनमा आएको सुमन दाहाल निर्देशित सो चलचित्र हेर्न बाराही चलचित्र मन्दिर पुगेका झण्डै एक सय दर्शकले सोमबार टिकट नपाएका हुन् । हाउसफुल भएपछि दर्शक चलचित्र नहेरी फर्कन बाध्य भएको जानकारी आफूले पाएको निर्देशक दाहालले बताए ।


सँग-सँगै अल नेपाल रिलिज भएको सम्झिदिए पुग्छले राजधानीमा ठिकै व्यापार गरीरहेको भएपनि मोफसलमा भने 'मन परेपछि'ले नै बाजी मारिरहेको छ । निर्देशक दाहालका अनुसार पोखरा, दाङ्, दमक, बिर्तामोड, धरान, नारायणघाट लगाएतका चौँतिस हलमा शुक्रबार देखि लगातार तीन दिनसम्म 'मन परेपछि' हाउसफुल भएको थियो ।झण्डै दर्जन चलचित्रमा मूख्य सहायक निर्देशन र केही विज्ञापनहरुको अनुभव भएका दाहाल यसै चलचित्र मार्फत निर्देशनमा डेब्यू गरेका हुन् । आफ्नो भरपूर मेहनतले गर्दानै चलचित्रले सफलता हात पारेको उनि बताउँछन् । रिलिज समयमा नेपाल बाहिर रहेता पनि सबैको सहयोग पाएको उनले बताए ।कल्पना शाही, निखिल उप्रेती, रमित ढुंगाना लगाएतका कलाकारहरुले अभिनय गरेको 'मन परेपछि'का निर्माता दिपक रमण हुन् । रमण आँफैले तयार पारेका यस चलचित्रका गीत संगीतले संचार माध्यममा गतिलै ठाउँ पाएका छन् ।
"मन परे पछी" कि नाइका  कल्पना शाही