चलचित्र ब्रेक फेल आगामी भाद्र १५ गते बाट प्रदर्शनमा आउने भएको छ

निर्देशक शंकर घिमिरे द्वारा निर्देशित चलचित्र ब्रेक फेल आगामी भाद्र १५ गते बाट प्रदर्शनमा आउने भएको छ । कमेडि चलचित्र ब्रेकफेल निकै छोटो समयमा तयार भएको हो । यसको छायांकनको समयाबधि अन्य चलचित्र को भन्दा कम समय खर्चिएको निर्माण पक्षको रहेको छ । 
चलचित्रमा राजेश हमाल, ऋचा घिमिरे, बिमलेश अधिकारी, नीरज बराल, सुबास थापा, ममता प्रधान, शिबहरि कार्की, आदि कलाकारले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । फ्लिममा किरण तथा मदन महतले नयाँ प्रस्तुतिका रुपमा अभिनय गरेका छन् ।
बल्डबाइड मुभि मेकरको प्रस्तुतीमा तयार पारिएको चलचित्रमा सत्य-स्वरुप आचार्यले संगीत दिएका छन् । चलचित्रको शीर्षक गीतमा भने द युनिटिका संगीतकर्मी सुदिन पोखरेल र भिडियो निर्देशक एबम् गायक आशिफ शाहले संगीत दिएका छन् । चलचित्रको छायांकन सुदूर पश्चिमका भर्जिन लोकेसनहरुका साथै काठमाण्डौ तथा चितवनका रमणीय स्थलहरुमा छायांकन गरिइको छ ।