

निर्देशक सुरज सुब्बा ‘नाल्बो’को पछिल्लो फिल्म ‘सायद’ ले परीक्षण शो प्रस्तुत गरेको छ। आइतवार अनामनगरस्थित सफ्ट टाइममा फिल्मको परीक्षण शो देखाइयो। शुक्रबारदेखि सुरू गरिएको परीक्षण शो एक सातासम्म चल्ने निर्देशकले बताए। ‘फिल्म प्रर्दशन गर्नुअघि फिल्मबारे बुझेका व्यत्तित्वहरूलाई ‘सायद’बारे सुझाव दिन यस्तो किसिमको शो गरेको हुँ,’ उनले बताए। फिल्म हेर्न पुगेका अशोक शर्माले फिल्मबारे ‘कलेज पठ्ने तन्नेरी युवा र उनको परिवारलाई प्रति सकारात्मक सन्देश दिन्छ’ भने ।‘अभिभावकलाई आफ्नो छोराछोरीप्रति मायामात्र होइन कहिलेकाही कडा रूपमा प्रस्तुत हुनुपर्छ भन्ने सन्देश यस फिल्मले दिएको छ।’ फिल्म निर्देशक नारायण पुरीले भने,’पछिल्लो समय नेपाली फिल्मको गुणस्थर सप्रेको छ।
सन्देशमूलक सन्देशले भरिएको राम्रो फिल्ममध्ये एक फिल्म बनेको छ,’सायद’।‘पहिलापनि फिल्ममा अभिनय गरेको हुदाँ डर लागेन्। तर कठिन सर्ट गर्नुपर्दा धेरै ध्यान दिनुपरेको थियो।’सम्यमले भने। पहिलो पटक फिल्ममा अभिनय गरेका सुनिलले भने,’धेरै कुरा पहिलो पटक गरेको हुँदा गाह्रो महशुस गरेकै हुँ। अभिनयबारे मैले धेरै गर्नुपर्ने छ।’ गायक अराज केशवले पनि अभिनय गर्दा डर लागेको बताए। ‘म्युजिक भिडियो र फिल्ममा अभिनय गर्नु उस्तै हो। फिल्ममा बोल्ने कुरामा पनि ध्यान दिनुपर्ने रहेछ।’ उनले थपे।नेपाली फिल्म क्षेत्रमा पहिलो पटक परीक्षण शो आयोजना गरेको ‘सायद’ युनिटले विभिन्न व्यत्तित्वसंग अन्तरक्रिया समेत गरे। फिल्ममा झरना थापा, सुनिल रावल, सम्यम पुरी र अराज केशवले अभिनय गरेका छन्। अन्तरक्रियात्मक कार्यक्रमअघि फिल्म समेत प्रस्तुत गरिएको थियो।