अमेरिकी मोडलले विज्ञापन उत्तेजक र अश्लील भन्दै निर्मातालाई मुद्दा हालेकी छिन्

sex lअमेरिकाकी एक मोडलले आफूलाई खेलाएको एउटा विज्ञापन निकै उत्तेजक र अश्लील भएको भन्दै विज्ञापन निर्मातालाई ५० लाख डलरको मुद्दा हालेकी छिन् ।एक प्रतिष्ठित गहनाको विज्ञापनमा उनले आफ्नो जिउ मर्काउँदै सित्कार गरेकी (सित्कार गर्नु भनेको उत्तेजक आवाज निकाल्नु, यो आवाज यौन आनन्द लिएको बेला महिला वा पुरुषले निकाल्ने आवाज हो ।) थिइन् । यो भिडियोको केही दृश्यहरु इन्टरनेटमा ‘रक हर वर्ल्ड’ शीर्षकमा राखिएपछि यसमा भिजिट गर्नेको संख्या ह्वात्तै बढेको थियो ।उनले त्यसमा नीलो रंगको लेसयुक्त लन्जरेमा देखिएकी ती मोडल र नेकलेसलाई घाँटी र अनुहारमा ठोक्काउँदा सित्कार पनि सुनिन्छ ।३७ वर्षीया ती मोडलले आफूले हालेको मुद्दामा भनेकी छिन्- “जसरी मलाई विज्ञापनमा प्रस्तुत गरिएको छ र यौन आनन्द र गहनालाई जसरी तुलना गरिएको छ त्यो मलाई मन परेन ।” “यसमा प्रयोग गरिएको सङ्गीत त ठीकै थियो तर भिडियोले यो विज्ञापनलाई पूरै यौनसामग्रीयुक्त बनाइदिएको छ । यसमा भएको ‘लुक’, फिल र साउण्डले यसलाई छोटो यौनचलचित्र बनाइदिएको छ”,
आफ्नो असहमतिमा तिनले बताएकी छिन् ।
यो मुद्दा उनले सोमबार न्यूयोर्कको म्यानहट्टनको सर्वोच्च अदालतमा हालेकी थिइन् ।
आफ्नो परिचयका रुपमा जेन डोको रुपमा मात्र चिनाएकी ती मोडलले गएको नोभेम्बर महिनामा जुल ज्वेलरी इन्क कम्पनीबाट प्रतिस्पर्धाको आधारमा विज्ञापनमा खेल्ने अवसर पाएकी थिइन् । यत्रो ठूलो कम्पनीले आफ्ना सामग्री बेच्ने सस्तो तरिका अपनाएकोमा उनले खेद व्यक्त गरेकी छिन् । यसले भोलिका दिनमा कुनै पुरुषले महिलालाई यसो गर्दा मात्र आनन्द आउँछ भनेर गहनाले यौन आनन्द दिलाउन खोज्ने प्रवृत्ति बढ्नसक्ने तर्फमेत उनले औँल्याएकी थिइन् ।
नमुस्कुराइकन ओछ्यानमा यताउति लडीबुडी खेल्न मात्र अह्राएको र आफूलाई पछि विज्ञापन यस्तो हुनेछ भनेर जानकारी नदिई निर्देशकले आफूलाई झुक्याएको उनले बताएकी थिइन् ।
यता यो विज्ञापन इन्टरनेटभरि छरिएपछि उनको विवाहमा धक्का लागेको समेत जानकारी दिइएको छ ।
जुल ज्वेलरी, क्यूटु इन्टरटेन्मेन्ट र क्युटु प्रिन्सिपल मिसेल गोल्डम्यानका विरुद्ध यो मुद्दा हालिएको छ । यस मुद्दाका विषयमा यता ज्वेलरी तथा विज्ञापन निर्माता कम्पनी क्यू टुले यस विषयमा कुनै पनि प्रतिक्रिया जनाउन मानेनन् ।
यता ती मोडलले आफ्नो इज्जतमा धक्का लागेको भन्दै २५ लाख डलर क्षतिपूर्ति दाबी गरेकी छिन् भने बाँकी २५ लाख डलर बराबरको तिनलाई सजाय दिइनुपर्ने माग गरेकी छिन् ।