हलिउडबाट बलिउड भित्रिएकी कट्रिना कैफले अनौडो कुरा सार्वजनिक गरेकी छिन् । सेक्सीको उपनामले दर्शकहरुले चिन्ने कट्रिना आफू सेक्सी नभएको बताएछिन् । कट्रिना भन्छिन् यदि म साँच्चिकै सेकसी भएको भए एक्लो हुन्नथे । अचम्मको कुरा गरिन् कैफले । बलिउडमा ग्ल्यमर पोज र सिन दिएर हट सेक्सी बनेकी कट्रिनाले फेरि चर्चामा आउन हो कोहीसँग सम्बन्ध बिस्तार गर्न यसो भनेकी हुन् ठम्याउनै गार्हो छ ।आफूलाई एक कुशल अभिनेत्रीको रुपमा स्थापित गर्न सफल भइसकेकी छिन् । हिन्दी त्यति राम्रो बोल्न नआए पनि फिल्ममा भने उनको सम्वाद कुनै अन्य भारतीय नायिकाको भन्दा कम छैन । उनको सुन्दरतामा दिवाना हुने त हजारौ फ्यान र दर्शकहरु छन् । हालै गरिएको एक पत्रिकाको सर्वेक्षणले कट्रिना संसारकै सबैभन्दा सेक्सी युवती भएको देखाएको छ । तर आश्चर्यको कुरा के छ भने कट्रिना भने स्वयंलाई सेक्सी नभएको बताउछिन् ।
‘म आफूलाई सेक्सी मान्दिन । यदि यो साचो भएको भए म अहिलेसम्म सिङ्गल (एक्लो) हुदैनथे । साच्चै भन्दा दर्शकले मलाई सेक्सी मानेका हुन्,’ सर्वेक्षण नतिजामा प्रतिक्रिया दिदैं कट्रिनाले बताइन् । आफूलाई सुन्दरी र सेक्सी देख्ने दर्शकहरुलाई उनले हृदयदेखि धन्यवाद दिएकी छिन् । यस्तो सम्मानले खुसी लागेको भन्दै कट्रिनाले भनिन्, ‘५० वर्षपछि उक्त पत्रिकाको कभरमा जब मेरो तस्वीर देख्नेछु, म मेरो नाति(नातिनीलाई गर्वले भन्नेछु कि कुनै समयमा म पनि सेक्सी थिए ।’आजकल फिल्म पण्डितहरु कट्रिनालाई उत्कृष्ट बलिउड नायिकाहरुमध्येको एक मान्दछन् । यद्यपी कट्रिना यस्तो ‘नम्बर गेम’ मा विस्वास राख्दिनन् । ‘अहिले धेरै राम्रा फिल्महरु बनिरहेका छन् ।
