बलिउड र कलिउड नायिकाहरुमा दुई जीउको रोगले सताएको छ । बलिउड अभिनेत्री ऐश्वर्या राय पनि आमा बन्न लागेको खबर यो साता बिश्वभरका संचारमाध्यमको चर्चाको बिषय बन्दा कलिउडमाकी नायिका सञ्चीता लुइँटेल तीन जीऊकी भएको खवर नेपाली संचारमाध्यममा छायो । यसैवीच अर्की नायिका अरुणिमा लम्साल पनि दुई जिउकी भएको थाहा भएको छ । बिगत तीन महिनादेखि औपचारिक कार्यक्रममा नदेखिएकी अरुणिमा गर्भवति भएपछि घरमै आराम गरेर बसिरहेकी छिन् । केहीदिन अघि मात्र चिकित्सककहाँ पुगेर जाँच गराएकी अरुणिमाले पेटमा भएको बच्चा र आफ्नो स्वास्थ्य राम्रो रहेको बताइन् । गतसाता केहि संचारमाध्यमले अरुणिमाले फिल्म नपाएका कारण घरमै बसेकी छिन् भनेर समाचार छापे भने केहिले श्रीमान्का कारण पारिवारिक तनाबमा फसेको समाचार सार्वजनीक गरेका थिए ।
