सामुहिक मन्त्रीहरुको राजीनामा खनाललाई २४ घण्टे अल्टिमेटम (माओवादी)

khanal and dhahalप्रधानमन्त्री खनालले माओवादीले पठाएका नयाँ मन्त्रिहरुलाई सरकारमा सहभागी नगराएको भन्दै सरकारमा सहभागी आफ्ना सबै मन्त्रीहरुलाई फिर्ता बोलाएको छ । पार्टी कार्यालय पेरिसडाँडामा शनिबार बसेको माओवादी स्थायी समितिको बैठकले पार्टीले गरेका सिफारिसअनुसार मन्त्रीहरुको सपथ नगराएकोमा गम्भीर आपत्ति जनाउँदै सरकारमा सहभागी सबै मन्त्रीहरुलाई फिर्ता बालाउने निर्णय गरेको हो। ‘पार्टीको सिफारिस अनुसार मन्त्रीहरुलाई सपथ नगराई प्रधानमन्त्री खनालले धोका दिएको भन्दै सरकारमा सहभागी सबै मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय पार्टीले गर्नुपरेको माओवादी प्रवक्ता दिनानाथ शर्माले बताए ।
निर्णयअनुसार माओवादी मन्त्रीहरुले आजै साँझसम्ममा राजीनामा दिने शर्माले जानकारी दिनुभयो । यसअघि माओवादीले वर्तमान सरकारमा सहभागी ९ मध्ये ६ जना मन्त्रीलाई मात्र फिर्ता बालोएर उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशको नेतृत्वमा नयाँ टोली सरकारमा पठाएको थियो । मन्त्रीहरुको राजीनामा बोकेर माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्। भोलिसम्म मन्त्रिपरिषद विस्तार नगरिए सरकारबाट बाहिरिने पार्टीले गरिसकेको सन्दभर्मा राजीनामा पत्र लिएर दाहाल बालुवाटार पुगेका हुन्।

माओवादी स्थायी समितिको बैठकले आफूले सिफारिस गरेका मन्त्रीहरुलाई सपथ गराउन प्रधानमन्त्री झलनाथ खनाललाई २४ घण्टे अल्टिमेटम दिएको छ । भोलिसम्ममा आफ्ना मन्त्रीहरुलाई सपथ नगराए सरकारलाई दिएको समर्थन फिर्ता माओवादी चेतावनी छ ।
मन्त्रीहरु फेरबदल गर्दै मन्त्रिपरिषद् पुनर्गठनका लागि माओवादीले प्रधानमन्त्री झलनाथ खनाल समक्ष गरेको प्रस्ताव एक साता बितिसक्दा पनि कार्यान्वयन नभएकोमा माओवादी असन्तुष्ट बनेको हो। स्थायी समिति बैठकको निर्णय अनुसार सबै मन्त्रीहरुलाई तत्काल फिर्ता बोलाउने निर्णयअनुसार राजीनामापत्र लिएर दाहाल केही समयअघि प्रधानमन्त्री निवास पुगेका हुन्।
मन्त्रिपरिषद विस्तार नगर्न विपक्षी कांग्रेस र एमालेभित्रैबाट प्रधानमन्त्रीमाथि दवाब परिरहेको छ। कांग्रेसले पाँच बुँदे सहमती कार्यान्वयन गर्न प्रधानमन्त्रीले राजीनामा दिएर राष्ट्रिय सरकारका लागि मार्गप्रशस्त गर्नुपर्ने माग गर्दै आएको छ। एमालेकै नेताहरुले पनि शान्ति र संविधानको लक्ष्यमा सरकारले केही गर्न नसकेको भन्दै प्रधानमन्त्रीले राजीनामा दिन दवाब दिइरहेका छन्।
शनिबार नै एउटा सार्वजनिक कार्यक्रममा एमाले केन्द्रीय सदस्य भीम रावलले पार्टी निर्णय विपरीत पार्टी प्रधानमन्त्री खनालले माओवादी मन्त्रीहरुको शपथ गराए कारबाही गर्ने चेतावनी दिएका छन्।
निर्णयअनुसार माओवादी मन्त्रीहरुले आजै साँझसम्ममा राजीनामा दिने शर्माले जानकारी दिनुभयो । यसअघि माओवादीले वर्तमान सरकारमा सहभागी ९ मध्ये ६ जना मन्त्रीलाई मात्र फिर्ता बालोएर उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशको नेतृत्वमा नयाँ टोली सरकारमा पठाएको थियो ।
त्यसलगतै सरकारमा माओवादीको नेतृत्व गरेका उपप्रधान तथा गृहमन्त्री कृष्णबहादुर महराले राजीनामा दिएपछि अन्यले दिएका थिएनन ।
माओवादी स्थायी समितिको बैठकले आफूले सिफारिस गरेका मन्त्रीहरुलाई सपथ गराउन प्रधानमन्त्री झलनाथ खनाललाई २४ घण्टे अल्टिमेटम दिएको छ ।
भोलिसम्ममा आफ्ना मन्त्रीहरुलाई सपथ नगराए सरकारलाई दिएको समर्थन फिर्ता माओवादी चेतावनी छ । ‘ भोलि विहानसम्ममा हाम्रा मन्त्रीहरुलाई सपथ गराउन माग गरेको छौं’ प्रवक्ता शर्माले भन्नुभयो(’भोलिसम्ममा सपथ गराइएन भने कठोर कदम चाल्न बाध्य हुन्छौं ।’
कठोर कदम भनेको समर्थन फिर्ता हो भन्ने प्रश्नमा शर्माले ‘त्यस्तै बुझ्नुस’ भन्नुभयो । माओवादीले यसअघि पनि आफ्ना मन्त्रीहरुलाई सपथ नगराए समर्थन फिर्ता लिने चेतावनी दिएको थियो ।
सरकारको नेतृत्व गरिरहेको एमाले र प्रधानमन्त्रीले भने मन्त्रिपरिषद् पुनर्गठन गर्ने माओवादी प्रस्ताव पाँचबुँदे सहमति विपरित भएको भन्दै अस्वीकार गरेको छ ।