गुरुत्वाकर्षणलाई फेल गराउनेकेहि अरु तत्वो छ हजुर यहाँ यस्तो भयो ‘मिस्ट्री स्पट’मा

क्यालिफोर्नियाको शान्त कुन्जमा रहेको एउटा पर्यटक स्थलले गुरुत्वाकर्षणको नियमलाई चुनौती दिएको छ । मिस्ट्री स्पट नामक सो ठाउँ १५० फिट ब्यासमा फैलिएको छ । सन् १९३९ मा पत्ता लागेको यो स्थान १९४० देखि आममानिसका लागि खुला गरिएको थियो । मिस्ट्री स्पटका सञ्चालकले उक्त स्थानमा फिजिक्स र गुरुत्वाकर्षणको नियम गलत साबित हुने दाबी गर्दै आएका छन् । मिस्ट्री स्पटका सञ्चालकले आफ्नो दाबी प्रमाणित गर्नका लागि विभिन्न प्रकारका प्रयोग गर्दै आएका छन् । त्यहाँको भिरालो जमिनमा मान्छे सीधासँग उभिन सक्छ । त्यति मात्रै होइन, त्यहाँका घरका भित्तामा मान्छे आरामले हिँड्न सक्छन् । त्यहाँ कुनै वस्तु कतै ढल्कँदैन मान्छे सो स्थानमा त्यस्ता अचम्मका क्रिया हुनुलाई विभिन्न कोणले व्याख्या गर्छन् । कोही अर्का दुनियाँबाट आएका एलियन्सले त्यहाँ आफ्नो यानको चमत्कारी घातु गाडेर गएको र त्यसकै प्रभावले त्यहाँ गुरुत्वाकर्षणको नियम गलत हुन पुगेको बताउँछन् । अनि केहीले भने त्यहाँको जमिनबाट कार्बनडाइअक्साइड निस्कने र त्यसकै प्रभाव पर्ने अनुमान गर्छन् । कोहीले भने त्यहाँ अनेक विधि अपनाइएको छ । फरक-फरक मान्छेले फरक-फरक अनुमान लगाउने गरे पनि वास्तविकता के हो भन्ने अहिलेसम्म पत्ता लागेको छैन ।