नेपाल मा पनि सेक्स मसिन खेलौना को माग बढ्दै

काठमाडौंको न्युरोडमा रहेको कन्डम हाउस’को भित्री कक्षमा एउटी महिला आफ्ना लागि यौन-खेलौना छान्दै थिइन् । त्यहाँका सेल्स म्यानले उनलाई यौन-खेलौनाको साइज देखाउँदै प्रयोग गर्ने तरिका सिकाउँदै थिए । सानोले चित्त नबुझेको भए ठूलो साइजको अर्डर गर्नुहोस्, हामी मगाइ दिन्छौ’, उनी आफ्ना  सामानको बजार पर्रवर्द्धन गर्ने प्रयास गर्दै थिए । अरु मानिस पनि बिक्रीकक्षमा प्रवेश गरेको देखेर केही शंकोच मान्दै ती महिला विभिन्न आकारप्रकारका यौन-खेलौनाबारे जानकारी लिंदै थिइन् । सेल्स म्यान ग्राहकको आग्रहबमोजिमका यौन-खेलौनामा ब्याट्री राखेर स्वीच दबाउँदै प्रयोग विधि पनि सिकाउँदै थिए ।यौनआनन्द प्राप्त गर्न प्रयोग गरिने यस्ता यौन-खेलौना ९क्भहतयथक० को प्रयोग नेपालमा पनि बढ्दो अवस्थामा रहेको पाइएको छ । यौनसामग्री उत्पादन कम्पनीहरुले पनि अत्यधिक यौनसन्तुष्टि दिने किसिमका प्लेजर कन्डम एवम् सेक्सटोयहरुको उत्पादनमा जोड दिदै आएका छन् ।
नेपालमा साधारण कन्डमको प्रयोग धेरै अघिदेखि हुँदै आए पनि यौन-खेलौनाहरुको प्रयोग हुन थालेको भने धेरै भएको छैन ।यौनआनन्द प्राप्तिका लागि प्रयोग गरिने यस्ता सामग्रीको माग रहेको महसुस गरी झापाका अहेव युवराज न्यौपानेले काठमाडौंको न्युरोडमा प्लेजर कन्डमसहित यौन-खेलौना उपलब्ध गराउन छुट्टै बिक्री कन्डम हाउस’ सुरु गरेको धेरै भएको छैन ।यौन-खेलौना के हो ?डा. राजेन्द्र भद्राका अनुसार मानिसमा यौनआनन्द बढाउन प्रयोग गरिने साधन नै यौन-खेलौना हो ।
यसलाई यौनप्रसाधन पनि भनिन्छ । आधुनिक विज्ञानको विकाससँगै यसको विकास भएको भनिए पनि हज्जारौं वर्षहिलेदेखि नै यो मानवसमाजमा कुनै न कुनै रुपमा रहेको देखिन्छ । सामान्य यौन-खेलौना, कम्पन गर्ने विद्युतीय उपकरण -ख्ष्दचबतयच) देखि मानवशरीरका पर्ण्कद वा स्वरुपसँग मिल्दाजुल्दा जटिल प्रकारका सेक्सटोयहरु पनि बजारमा पाइन्छन् । योनि वा लिंग मा मात्र प्रयोग गर्ने नभई स्तनको मुन्टो, अन्डा कोष, गुदद्वार वा अन्य यौन संवेदशील अंग लाई उत्तेजित गर्न बनाइएका विशेष यौन-खेलौना पनि उत्पादन हुन थालेका छन् ।
यौनसर्म्पर्कको बेलामा शरीरलाई बाँध्ने विशेष किसिमका अन्य सामग्रीलाई पनि यौन-खेलौनाको रुपमा लिने गरिएको छ । तर गर्भनिरोधका साधन, यौनसाहित्य, यौनचित्र, अप्रत्यक्षरुपमा यौनमिश्रति चलचित्र, कन्डम आदिले एक हदसम्म यौनआनन्दमा सहयोग पुर्‍याउने भए पनि सामान्यतया यी कुरालाई यौन-खेलौनाको रुपमा लिइँदैन । नेपालमा आधुनिक कन्डमहरु प्रायः जापान, मलेसिया, भारत, चीन, बेलायत , हङकङबाट ल्याइन्छ भने सेक्सटोयचाहिँ बैंककबाट ल्याउने गरिएको न्यौपाने बताउनुहुन्छ । उहाँका अनुसार धेरैजसो राम्रो गुणस्तरको कन्डम एक किसिमको रबर ९ीबतभह० बाट बनाइएका हुन्छन् भने सेक्सटोयहरु सिलिकनबाट बनाइएका हुन्छन् ।यौनआनन्द दिने तर गर्भ नरहने आफूले चाहेअनुसारका सेक्सटोय प्रयोग गरिने हुँदा उद्देश्यअनुरुपको यौनआनन्द प्राप्त गर्न सहयोग मिल्ने कन्डम हाउसका न्यौपाने बताउनुहुन्छ । डा. भद्राका अनुसार यौनसाथी वा यौनजोडी नभएको बेलामा पनि यस्ता वस्तुले एक हदसम्म त्यसको कमीलाई पूरा गर्दछन् । यौनसाथीको बीचमा यौनसर्म्पर्क गर्ने बेलामा पनि यौन-खेलौनाको प्रयोग गर्न सकिन्छ । यसको प्रयोगले प्राकक्रीडा, यौनसर्म्पर्क र यौनसर्म्पर्कपछिको समयलाई सुखमय बनाइदिन सक्छ ।डा. भद्रा भन्नुहुन्छ- लामो समयसम्म लि· उत्तेजित गर्नुपर्ने वा भगाङ्कुरमा अधिक उत्तेजना चाहिएको अवस्थामा वा व्यक्ति आफैंले त्यस्तो उत्तेजनाको अवस्था सृजना गर्न नसकेको स्थितिमा यस्ता सेक्सटोयहरू उपयोगी हुन्छन् । त्यसैले यौन क्रियाकलापलाई निरन्तरता दिन र यौन चरमसुख प्राप्त गर्न सेक्सटोयहरुको प्रयोग गरिन थालिएको हो ।’कन्डम हाउसका न्यौपानेका अनुसार एउटा सेक्सटोय एक जनाका लागि हुने हुँदा यसको प्रयोगबाट यौनरोग र्सर्ने डर हुँदैन । विपरीत लिंगी सँग र्स्पर्श, भेटघाट, कुराकानी नहुने हुनाले सामाजिक तिरस्कारबाट पनि बच्न सकिने हुन्छ । यस्ता वस्तुको प्रयोगले गर्भधारण हुने डर पनि हुँदैन ।यौन-खेलौनाले हानि पनि गर्न सक्छ यौन-खेलौनाहरु यौनसुख पाउन सहयोगी हुने भए पनि पर्ण्  हानिरहित भने नहुन सक्छन् । सावधानी नअपनाई यसको प्रयोग गरेमा यौना·मा चोटपटक लाग्न सक्छ । त्यस्तै यस्ता यौन-खेलौनाको साझा प्रयोग हुने स्थिति पनि आउन सक्छ । एक जनाले प्रयोग गरेका सेक्सटोयहरु अर्को व्यक्तिले निर्मलीकरण नगरी प्रयोग गरेमा एक-अर्कामा विभिन्न यौनरोगहरु र्सन सक्छन् । त्यसैले साझा सेक्सटोयहरुको प्रयोग गर्नु स्वास्थ्यका लागि हानिकारक पनि हुन सक्ने डा. भद्राको भनाइ छ ।उहाँका अनुसार कतिपय यौन-खेलौना गुणस्तरहीन पनि हुन सक्छन् । खुलारुपमा नबनाइने र खुलारुपमा बिक्री पनि नगरिने स्थितिमा यो समस्या झनै चर्को हुन सक्छ । कमसल कच्चापदार्थबाट बनेका यस्ता यौन-खेलौनालाई राम्ररी निर्मलीकृत -कीटाणु-जीवाणुरहित) गर्न पनि गाह्रो हुनसक्छ, जसले संक्रमणलाई बढावा दिन सक्छ । त्यस्तै गुणस्तरहीन यौन-खेलौना निर्माण गर्दा  फिनिसिङ राम्रो नभई छेउछाउ नमिलेको हुन सक्छ, जसको प्रयोगले चोट लाग्न सक्छ । तोकिएका उचित कच्चापदार्थले नबनेका भए एलर्जीको समस्या पनि भोग्नुपर्ने हुन्छ ।