८७ वर्षिय वृद्धाका ८६ श्रीमती एक सय ८५ सन्तान

masaba1_f_303614201नाइजेरियाली ८७ वर्षिय वृद्धा बेल्लो मसाबाले अहिलेसम्म एक सय सात विवाह गरेका छन् । तीमध्ये ८६ श्रीमती उनीसँगै छन् । सबै श्रीमतीबाट गरेर जन्मेका एक सय ८५ सन्तानमध्ये एक सय ३३ जीवित छन् । अहिले पनि उनको बिहेमोह मरेको छैन । कसैले बिहेको प्रस्ताव ल्याए मसाबा इन्कार गर्दैनन् । उनकी कान्छी पत्नीको उमेर १९ वर्ष छ । यो उनको उमेरभन्दा ६४ वर्षले कम हो । १२ वटी श्रीमतीलाई उनी आफैँले तलाक दिएर छाडेका हुन् । उनका कान्छो बच्चा भर्खर एक महिनाको भयो । सबै एउटै परिवारमा मिलेर बसेका छन् । मसाबा बालबालिकाबारे बोल्न त्यति रुचाउँदैनन्  । चारतले घरको ८९ कोठामा बस्दै आएका उनलाई न ठूलो परिवार भएकोमा चिन्ता छ, न सबैको पालनपोषण गर्न नै दिक्क छ । उनले झारफुक गरेर परिवार पालेका छन् । भन्छन्, ‘झारफुकको कमाइ राम्रै छ । कुरानले चारवटीसम्म श्रीमती राख्न छुट दिएको छ । उनले यो मान्यता तोडेकाले नाइजेरिया सरकार र समाजले उनलाई राम्रो दृष्टिले हेर्दैन । तीन वर्षअघि मसाबालाई प्रहरीले गिरफ्तार गरेको थियो । तर, उनका सबै श्रीमती सरकारका विरुद्धमा प्रदर्शनमा उत्रिए । अदालतसमक्ष सबै श्रीमतीहरूले आफूहरू राजीखुसी भएको बताएका छन् । स्कुलपछि मसबाले २१ वर्षसम्म सामान्य कपडाको व्यापार गरे । त्यतिबेला उनका दुइटा मात्र श्रीमती थिए ।  दुबै बिमारी भए । जति नै उपचार गर्दा पनि निको भएन । त्यसपछि उनी आफैँ झारफुकतिर लागे । सन् १९८० को दशकमा भगवान्को आज्ञा भन्दै उनले विवाह गर्न थाले वर्षमा पाँचका दरले ।