सरकारले नयाँ बजेट तिन खर्ब ८१ अर्ब ल्याउनेल्याउने


सरकारले आगामी आर्थिक वर्ष २०६८र६९ का लागि ३ खर्ब ८१ अर्ब हाराहारीको बजेट ल्याउने तयारी गरेको छ। अर्थ मन्त्रालयका सचिव कृष्णहरि बास्कोटाले चालु आर्थिक वर्षको भन्दा ४३ अर्ब रुपैयाँ बढीको बजेट ल्याउने तयारी भइरहेको जानकारी दिए। चालु आर्थिक वर्षको बजेटको आकार ३ खर्ब ३८ अर्ब रुपैयाँको हो।चालु वर्ष ३० अर्ब फ्रिज हुने चालु आर्थिक वर्षको ३ खर्ब ३८ अर्बको बजेटमध्ये ३१ अर्ब रुपैयाँ फ्रिज हुने अर्थ सचिव बास्कोटाले जानकारी दिए।उनका अनुसार लोकतन्त्र स्थापनापछि पहिलो वर्ष रामशरण महत अर्थमन्त्री हुँदा पहिलो आर्थिक वर्ष ७ अर्ब र अर्को वर्ष पुनः ७ अर्ब फ्रिज भएको थियो र तत्कालीन माओवादी सरकारका अर्थ मन्त्री बाबुराम भट्टराईको पालामा २० अर्ब तथा एमालेसरकारका अर्थ मन्त्री सुरेन्द्र पाण्डेको कार्यकालमा २८ अर्ब फ्रिज भएको थियो।चालु बजेट अवधिको नौ महिनासम्ममा २ खर्ब ८ अर्ब रुपैयाँ निकासा भएको उनले बताए। सोझै भुक्तानी गर्न मिल्ने ३२ अर्ब रुपैयाँमध्ये १५ अर्ब निकासा भएको उनले जानकारी दिए।
उनका अनुसार कुल बजेटको १ खर्ब २९ अर्ब पुँजीगत खर्चमध्ये ७१ अर्ब रुपैयाँमात्र निकासा भएको छ। अब १ खर्ब १० अर्ब भन्दा बढी खर्च हुन सक्दैन। त्यसै गरी ६५ अर्बको वैदेशिक अनुदानमध्ये ४२ अर्ब खर्च हुन सक्दैन।
सकारको ढुकुटीमा १३ अर्ब बचत रहेको छ।चालु आर्थिक वर्षमा निकासा गरिएका मुख्य बजेट शीर्षक नेपाल आयल निगमलाई २ अर्ब ६३ करोडसिक्टा सिंचाई आयोजनालाई ३० करोड नेपाल यातायात संस्थानका कर्मचारीलाई अवकाश दायित्व भुक्तानी १० करोड १९ लाख, सिंहदरबारस्थित नेपाली सेनाको क्याबलरी सार्न ५ करोड , नेपाल पत्रकार महासंघलाई ३६ लाख, काठमाडौं(तराई फास्ट ट्र्याकलाई ३ करोड, अन्तःशुल्क स्टीकर खरिद गर्न १६ करोड ५० लाख, गत वर्ष प्रदान गरिएको विभूषण निर्माणका लागि ९ करोड, सेना समायोजन र पुनर्स्थापना विशेष समितिलाई २ करोड ८४ लाख, राजापुर सिंचाई निर्माणरमर्मत गर्न ८ करोड रकमान्तर, अनमिनबाट प्राप्त ४० गाडी सरकारको नाममा ल्याउन शान्ति मन्त्रालयलाई ६ करोड