बलिवूड चर्चित नायिका बिपासा को जोन संग ब्रेकअप


भारतीय नायक जोन अब्राहमको बिपासा बसुसँगको सम्बन्ध टुटेको छ । यसबाट भारतीय नायक जोन अब्राहम अहिले उदास र एक्लो भएका छन् । यद्यपी प्रेममा धोका खाने जोन बलिउडका एकल पात्र भने होइनन् तर नायक जोन अब्राहमको यो दुख्को घडीमा साथ दिन चित्राङ्गदा सिंह आएकी छिन् । जोन र चित्राङ्गदाको जोडी फिल्ममा मात्र होइन, ‘अफस्क्रीन’मा पनि प्रगाढ बन्दै गएको छ । ‘देसी ब्योयज’ नामक फिल्ममा सँगै काम गर्ने सिलसिलामा यो जोडीको प्रेम अङ्कुरण भएको हो ।
जोनसँग निकै घनिष्ट सम्बन्ध रहेको र यसले आफ्नो दाम्पत्य जीवनमा कुनै असर नगरेको चित्राङ्गदाले बताइन् ।