साउदी सरकारको ६ बर्से निर्यणले ३ लाख नेपाली लाई अफ्ठेरो मा पार्यो

साउदी सरकारले ६ वर्षभन्दा बढी समय बिताएका नेपाली कामदारको श्रम स्वीकृति नवीकरण नगर्ने निर्णय गरेको जनाएको छ । सो नीतिअनुसार अब वैदेशिक रोजगारका लागि साउदी अरब गएका नेपालीले अबदेखि ६ वर्षभन्दा बढी काम गर्न पाउने छैनन्। साउदी सरकारको यो नीतिबाट झन्डै ६ लाख नेपालीमध्येआधाको रोजगारी गुम्ने भएककोछ। त्यहाँको श्रम मन्त्रालयका प्रवक्ता हट्टाब अल एन्जीले स्थानीयलाई रोजगार दिने नीतिअनुरुप यस्तो निर्णय गरिएको अन्तर्राष्ट्रिय समाचार संस्था एसपिएलाई बताए। नयाँ रोजगार नीतिको विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन। अरब मुलुकमै ठूलो अर्थतन्त्र भएको साउदीमा १० प्रतिशत नागरिक बेरोजगार छन्।
साउदीमा कामदारलाई हरियो, पहेँलो र रातो गरी तीन भागमा बाँडिएको छ। रातो र पहेँलो वर्गमा पर्ने कामदारको श्रम स्वीकृति नवीकरण गराउनु पर्दैन। यही नियम हरियो वर्गमा पर्ने कम्पनीका कामदारलाई भने लागू नहुने प्रवक्ता एन्जीले जानकारी दिए। नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष सोमलाल बटाजुले साउदीको निर्णयले त्यहाँ कार्यरत आधा नेपाली प्रभावित हुने बताए। उनका अनुसार साउदीमा सन् १९८४ अघिदेखि नेपालीहरू कामका लागि जाने गरेका हुन्।

संघका महासचिव कुमुद खनालले साउदी जाने नेपाली कामदारको हितका लागि कूटनीतिक पहल गर्न सरकारसँग आग्रह गरे। यो नीतिले नयाँ कामदारलाई विदेश जाने बाटो भने खुला हुने उनले बताए।
साउदी सरकारले सन् १९९४ मै निजी क्षेत्रको रोजगारमा स्थानीय नागरिकलाई प्राथमिकता दिने कार्यक्रम अघि सारेको हो। तर, निजी कम्पनीले सरकारी नियम पालना नगर्दा यो कार्यक्रम सफल हुन सकेको छैन। त्यहाँ करिब ८० लाख विदेशी कामदार छन्। तिनले वर्षको २७ अर्ब अमेरिकी डलर रेमिटेन्सका रूपमा आफ्नो मुलुक पठाउँछन्। अधिकांश विदेशी कामदार निजी क्षेत्रमा काम गर्छन्।