सस्तो नेटबुक ल्यापटप अफर

यात्रा गर्दा सजिलो हुने र लामो ब्याट्री ब्याकअप क्षमता भएकाले धेरैको यस्ता नेटबुकमा आकर्षण छ। धेरै ब्रान्डका नेटबुकहरु क्यानमा ३० हजारभन्दा कम वा ३० हजार रुपैयाँकै हाराहारीमा पाइन्छन्। ‘ पछिल्लो समयमा ठूलो स्त्रि्कनयुक्त ल्यापटपको तुलनामा सानो स्त्रि्कन भएका र बोक्न सजिलो हुने नेटबुकमा ग्राहकको आकर्षण बढेको छ।नेटबुकमा सिडी ड्राइभ नहुने भए पनि कम्प्याक-सिक्यु-२० मा भने यस्तो सुविधा छ। क्यानमा नया”-नया” मोडेलका सूचना प्रविधि सम्बन्धी आउँछन् भन्ने आम मान्यता भएकाले बजार प्रवर्द्धन गर्न ड्रासिस ब्रान्डको नेटबुक बजारमा ल्याएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत रामकुमार तवदारले बताए।क्यानमा विभिन्न कम्पनीले लेनोभोका २९ हजार देखि ४४ हजार रुपैयाँसम्म मूल्यका नेटबुक बिक्रीका लागि राखेका छन्। लेनेभोका एसटेन-३-सी, एसटेन-३-टी, एसटेन-३-एस मोडेल क्यानका राखिएका हुन्।बेन्क्यु कम्पनीको जोएबुक लाइट यु-१०५ र बेन्क्यु जोएबुक लाइट यु-१२६ मोडेलका नेटबुक पनि छुटसहित क्यानमा किन्न पाइन्छ। आइड्रिम प्रोफेसनलले बिक्रीका लागि ल्याएका दुवै मोडेलमा नगद छुट दिइएको छ।
मेलामा एस्सरको नेटबुक पनि रहेका छन्। चारवटा कलरमा उपलब्ध एस्सर नेटबुक नगद छुटमा बिक्रेताले उपलब्ध गराएका छन्।
प्रोलिंक यु डब्लु टु-३२०
वास्तविक मूल्य : ३२,०००
क्यानको मूल्य : २९,०००
मोडेलमा भने १०.१ इन्च स्त्रि्कन, एटम प्रोसेसर, १ जिबी र्‍याम, ३२० हार्डडिक्स, ५ घन्टा ब्याट्री ब्याकअप, १.११ केजी तौल
मोडेल : फुजित्सु लाइफबुक एमएच-३३०
वास्तविक मूल्य : ४१,०००(जेन्युन विन्डो)
क्यानको मूल्य : ३८,०००(जेन्युन विन्डो)
विशेषता : १०.१ इन्च स्त्रि्कन, इन्टेल कोर प्रोसेसर, १ जिवी र्‍याम, २५० जिबी हार्डडिक्स, साढे ६ घन्टाभन्दा बढी ब्याट्री ब्याकअप, १.२८ केजी तौल
मोडेल : असुस १२१५-टी (१२ इन्च स्त्रि्कनयुक्त)
वास्तविक मूल्य : ४८,०००
क्यानको मूल्य : ४१,०००
विशेषता : एटिआई ग्राफिक्स कार्ड, जेन्युन विन्डो सेभेन/एक्पी, २ जिबी र्‍याम, ३२० जिबी हार्डडिक्स
मोडेल : एचपी मिनी 
वास्तविक मूल्य : ३६,९६०
क्यानको मूल्य : ३०,०००
विशेषता : एटम प्रोसेसर, १ जिबी र्‍याम, १६० जिबी हार्डडिक्स, १०.१ इन्च स्त्रि्कन
मोडेल : बेन्क्यु जोएबुक लाइट यु-१२६ 
विशेषता : ११.६ इन्च स्त्रि्कन, ५ घन्टा ब्याट्री ब्याकअप, १ जिबी र्‍याम, २५० हार्ड डिक्स
क्यान मूल्य : ३४,०००
मोडेल : एस्सर एस्पाएर वान 
क्यानको विशेष मूल्य : ३१,०००
विशेषता : एटम प्रोसेसर, ६ घन्टा ब्याट्री ब्याकअप, १०.१ इन्च, २५० जिबी हार्ड डिक्स, १ जिबी र्‍याम