प्रेमसँगै यौनको चाहना मानिसको महत्वपूर्ण ईच्छा

मानिसका चाहना अनेक हुन्छन् ।पैसा कमाउने, राम्रो घर बनाउने र सुखसयलमा मग्न रहने तर यतिले मानिसको इच्छा र चाहनालाई पूरा गदैृन । मानिस नितान्त प्रेमको भोको हुन्छ । हरेक मानिसले प्रेममय जीवनको कल्पना गरेको छ । प्रेमसँगै यौनको चाहना मानिसको महत्वपूर्ण ईच्छा हो । मानिस भोकको भन्दा कैयौं गुणा बढी यौनमा भोको हुन्छ । अझ पैसावालहरुमा यो ईच्छा र चाहना सामान्य मानिसमा भन्दा तेब्बर रहने गरेको एक अनुसन्धानले सार्वजनिक गरेको छ । सायदैअकुत धनसम्पत्ति र इज्जतले पनि मायाको चाहनालाई कम गर्दैन, बरू अझ बढाउँछ । धनी बन्ने चक्करमा व्यक्तिविशेष पहिले पैसालाई प्राथमिकता दिन्छन् । तर जब पैसाको वर्षा हुन थाल्छ अनि उनीहरूलाई मायाको कमीले पिरोल्न थाल्छ भन्ने कुरा एउटा अध्ययनले के खुलासा गरेको हो । विश्वका धनाढ्य व्यक्तिहरूमा रहेको पीडा भलै नदेखियोस्, तर वास्तविकता के हो भने अत्यधिक धनसम्पत्ति भए पनि उनीहरू मनले खुसी छैनन् । खुसी एवं धनका द्विविधाहरू शीर्षकमा जारी यो अध्ययन बोस्टन कलेजको वेल्थ एन्ड फिलान्थ्रोपी सेन्टरले गरेको हो । सेन्टरका अनुसार बढी पैसा भएकाहरू बढी बेचैन छन् । उनीहरूलाई काम गर्न मन लाग्दैन । प्रेम पाउने चक्करमा उनीहरूको घरसमेत प्रभावित हुन्छ । यौनलाई लिएर पैसावालहरुमा मरिहत्ते गर्ने बानी छ, यौनेच्छा सामान्यभन्दा धेरै बढी छ भने यसलाई मनोविकारको श्रेणीमा सामेल गरिनेछ । अमेरिकी मनोविज्ञान संघका तर्फबाट प्रकाशित पुस्तिकामा योसँग सम्बन्धित चर्चा प्रकाशित गरिएको छ । अत्यधिक यौनेच्छाको विषय त्यो समय सबैभन्दा बढी चर्चामा आयो, जब टाईगर उड्स र रसेल ब्रान्डले यो स्थितिका लागि उपचारको माग गरेका थिए ।
उड्सले आफ्नी श्रीमती रसेललाई धोका दिएको र धेरै युवतीसँग सम्बन्ध राखेको स्वीकार गरेपछि सन् २०१० मा उड्सले ६ महिनासम्म अति यौनेच्छा हटाउन उपचार गराएका थिए ।ब्रिटेनको स्वास्थ्य सेवा अन्तर्गत पनि यौनेच्छासँग सम्बन्धित विकारका लागि एउटा प्रारम्भिक परियोजना सुरु गर्न थालिएको छ । प्रेम र यौन बिना जीवनको कल्पना वेकार छ । यो चीज हरेक प्राणीहरुमा हुने गर्दछ । मानिस समाजिक र चेतनशील प्राणी भएकोले मानिसको यौनसम्बन्धी सोच र चाहना अत्यधिक नै रहने गरेको छ । कोही कोही यौनलाई वेकार घृणाको रुपमा हेर्छन् तर यो यौनप्रतिको अज्ञानता हो भन्न सकिन्छ । यौन बिनाको जीवन त अधुरो र अपुरो नै हुनछ । त्यसैले वास्तविक जीवनको संसार खोज्ने हो भने प्रममय यौनलाई अँगाल्नेतर्फ अग्रसर रहनुहोस ।