भुवन केसी प्रेमीका कै कारण चर्चामा फेरी ‘नयाँ गर्लफ्रेन्ड’

नायक भुवन केसी प्रेमीका कै कारण चर्चामा आउने गरेका छन् । गर्लफ्रेन्ड बनाउने कला नै के.सी. को फिल्मी वास्तविक कला हो । भर्खरै भुवनले केटीलाई आफ्नो गर्लफ्रेन्ड भन्दै सार्बजनिक कार्यक्रममा परिचयमात्र गराएपछि भुवन फेरि चर्चामा आएका छन् । नायिका रेजिना उप्रेतीले कविता श्रेष्ठसँग मिलेर बनाउन लागेको चलचित्र ‘बरदान’को मूहुर्त कार्यक्रममा अतिथिका रुपमा बोलाइएका भुवन केसी एक युवतीको हात समाउँदै कार्यक्रमस्थलमा प्रवेश गरे र हात समाएर आएकी ती युवतीलाई भुवनले आफ्नो ‘नयाँ गर्लफ्रेन्ड’ भनेर परिचय समेत गराए । परिचयसँगै सहभागीहरुले उनको नाम र युवतीका बारेमा जान्न चाहेपनि भुवनले सवै कुरा खोलेनन् । उनले आफुलाई धेरै माया र केयर गर्ने भन्दै भुवनले ती युवतीको खुवै प्रसंसा गरे ।
हालै भुवन केसीले एक पत्रिकालाई अन्तरवार्ता दिँदै यसै बर्षभित्र बिबाह हुनसक्ने बताएका थिए । पछिल्ला दिनमा भुवन ती युवतिसंगै रेष्टुँरा र होटलहरुमा देखिने गरेका छन् । कतिपयले भुवनले यीनै नयाँ युवतीसंग बिबाह गर्न लागेको अनुमान लगाएका छन् । डिभोर्स गरेकी दोस्री श्रीमति सुस्मिता केसीलाई देखाउन पनि उनले नयाँ गर्लफ्रेन्ड सार्बजनिक गरेको चर्चा फिल्मीबजारमा सुरु भएको छ । स्रोतका अनुसार सो कार्यक्रममा उनले सुष्मितालाई नबोलाउन आयोजकसमक्ष सर्त राखेका थिए । मिडियाहरुमा नयाँ गर्लफ्रेन्डसहितको तस्वीर छापिएपछि भुवनले ती पत्रकारहरुलाई फोन गरि धन्यवाद दिएका छन् ।