लादेनलाई सफाया गर्न ३० खर्ब डलर खर्च अमेरिका कंगाल

विश्वको आतङ्कवादी सञ्जाल अल–कायदाका नेता ओसामा बिन लादेनलाई सफाया गर्न अमेरिकाले बिभिन अपरेसनमा झण्डै१९० खर्ब डलर  खर्च गरेको अर्थशास्त्रीले पनि लगाएका छन् । पछिल्लो अमेरिकी विशेष सैन्य कारबाहीमा लादेन पाकिस्तानमा मारिएका हुन् । नोबेल पुरस्कारबाट सम्मानित दुई अर्थशास्त्री अर्थशास्त्रीजोसेफ स्टिग्लिज र लिन्डा बलिमेसले पछिल्लो १५ वर्षको अवधिमा अमेरिकाको आतङ्कवाद विरोधी अभियानमा भएको खर्चको अनुमान गरेका छन् । उनीहरुका अनुसार लादेन विरुद्धको कारबाहीका लागि अमेरिकाले अफगानिस्तानको तोरोबोरा पहाडका साथै पाकिस्तानको एबटाबादमा गरेको कारबाहीका क्रममा करिब ३० खर्ब डलर खर्च भएको छ । त्यस्तै अमेरिकाले अफगानिस्तान र पाकिस्तानमा आतङ्कवाद विरोधी अभियानमा व्यापक पैसा खर्च गर्नुपरेको उनीहरुको अनुमान छ ।दोस्रो विश्व युद्धको क्रममा अमेरिकालाई सुरक्षा व्यवस्थाका लागि मात्र करिब ४४ खर्ब डलर अमेकिरी डलर खर्च लागेको थियो । उनीहरूका अनुसार यसपटक अर्थात् सन् २००१ मा ओरिकामा आक्रमण भएपछि चर्चामा आएका बिन लादेनको खोजी र उनीमाथिको कारबाहीका क्रममा
थोरै गरेर अनुमान गर्दा पनि अमेरिकाले ३० खर्ब डलर खर्च गर्नुपरेको बताएका छन् ।उनीहरुले लादेनका कारण अर्थतन्त्रमा आएको समस्या र सुरक्षामा भएको खर्चको आधारमा यो अनुमानित खर्च निकालेको बताएका छन् । विश्वमा वर्चश्व कायम गर्नका लागि भएको शीत युद्धका क्रममा पनि अमेरिकाले व्यापक आर्थिक स्रोतहरूको उपयोग गरेको थियो ।पैँतालीस वर्षसम्म चलेको शीत युद्धका क्रममा अमेरिकाले १९० खर्ब डलर खर्च गरेको अनुमान पनि उनीहरुको यो प्रक्षेपणमा उल्लेख छ ।अमेरिकी अर्थशास्त्रीहरूले एउटै व्यक्ति विरुद्धको कारबाहीका लागि यति धेरै पैसा अमेरिकाले पहिलोपटक गरको हो ।