माओबादीका तीन शिर्ष नेता टकराव दाहाल बैद्य र भट्टराईको मञ्च बहिष्कार

माओबादीका तीन शिर्ष नेता पुष्पकमल दाहाल, मोहन बैद्य र बाबुराम भट्टराईबीच तीब्र राजनीतिक बैचारिक टकराव देखरहेको मात्र होइन, बेग्लाबेग्लै भेला र प्रशिक्षण बढ्दै जाँदा पार्टी फुटको सम्भावनालाई बढाएको थियो तर यसको ठीक उल्टो भएको छ पार्टीका तीनै शीर्षस्थ नेताहरुले रितबहादुर खड्काको स्मृति दिवस मनाउन रौतहटको भलोहियामा जम्मा भएका बेला पार्टीलाई एकताबद्ध रुपमा लैजाने प्रतिबद्धता ब्यक्त गरेका छन । उनीहरुले जस्तो सुकै परिस्थितिमा पनि पार्टी नफुट्ने बताएका छन् । स्मृति सभामा शहिद परिबारले पार्टी चरम गुटउपगुटमा फसेको भन्दै गुनासो गरेपछि दाहालले पार्टी अध्यक्षको हैसियतले पार्टीलाई एकताबद्ध कामय राख्न भरपुर प्रयास गर्ने बताए । माओबादीका बरिष्ठ उपाध्यक्ष मोहन बैधले बिचार फरक भए पनि पार्टी कुनै हालतमा नफुट्ने ठोकुवा गरे । उनले क्रन्तिको बाटोमा लागि रहने बताए । पार्टी भित्र केहि दिन देखि चलेको बहसले सबैलाई चिन्तित तुल्याएकोले बिचार र बहस हुनु जरुरी भएको उनले औल्याए ।

अर्का उपाध्यक्ष बाबुराम भट्टराईले पार्टी भित्र बैचारिक बिषयको बहस जरुरी भएको बताए । फुटको आशंकाले सबैमा चिन्ता ल्याएको प्रति उपाध्यक्ष भट्टराईले पार्टीका नेता तथा कार्यकर्तालाई ढुक्क हुन आग्रह गरे । ‘तपाईहरु ढुक्क हुनुसु’ उनले भने, ‘पार्टी कुनै पनि हालतमा फुट्दैन ।
०५९ साल असार २ गते भारतबाट पार्टीको बैठक सकि रौतहट हुँदै दोलखा हिडेका माओबादीका तत्कालीन केन्द्रीय सदस्य रितबहादुर खड्काको पिप्राभलोहिया गाबिसमा रहेको सुरक्षाकर्मीले चलाएको गोली लागि मृत्य भएको थियो ।
उनको साथै रहेका माओबादीका रौतहट सदस्य कैलाश पण्डितको समेत मृत्यु भएको थियो । दुबै शहिदको सम्झनामा शहिद परिबारको आग्रह पछि माओबादी रौतहट समितिले स्मृती सभाको आयोजना गरेको थियो । कार्यक्रममा शहिद परिबारले पार्टी भित्र चरम गुटउपगुट भएको भन्दै नेतृत्व तहको कडा आलोचना गरेका थिए ।
माओवादी कार्यकर्ताले तीन नेताकै अगाडि मञ्च बहिष्कार गरे 
माओवादी अध्यक्ष पुष्पकमल दाहाल तथा उपाध्यक्षद्वय बाबुराम भट्टराई र मोहन वैद्यले पार्टीमा विवाद नभएको र एकताबद्ध भएरै रहने दाबी गरिरहेकै कार्यक्रममा मोहन वैद्य पक्षधरले भने मञ्च बहिष्कार गरे। रितबहादुर खड्काको स्मृति दिवस मनाउन रौतहटको भलोहियामा जम्मा भएका माओवादीका तीन नेता आफ्नो पार्टीमा कुनै विवाद नरहेको बताइरहेकै बेला मोहन वैद्य पक्षका कार्यकर्ताले भने आसन ग्रहण गराउने क्रममा अपहेलित भएको भन्दै मञ्च बहिष्कार गरेका थिए। वैद्यले भनेपार्टीभित्र अहिले भइरहेको छलफल विवाद नभएको बताउदै क्रान्ति अघि बढाउने प्रतिबद्धता पनि व्यक्त गरे।