महिला रुचाउँछन् हल्का दाह्रीवाला

प्रायः पुरुष महिलालाई रिझाउन दाह्रीजुगा काटेर सफाचट बन्छन् । एउटा अध्ययनले भने हलुको दाह्री भएको पुरुष महिलाको रोजाइमा पर्ने बताएको छ । त्यस्ता पुरुषलाई महिलाले प्रेम, यौन र बिहेका लागि उपयुक्त ठान्छन् ।अनुसन्धानकर्ताहरूका अनुसार महिला क्लिन सेभ वा पूरै दाह्री राख्ने पुरुषको तुलनामा  हलुका दारीवाला पुरुषतिर आकषिर्त हुन्छन् । नोथ्रम्बिया विश्वविद्यालयका प्रमुख अनुसन्धानकर्ता डा. निक निवका अनुसार पुरुषको हलुका दाह्रीयुक्त अनुहार बढी सेक्सी मानिन्छ । यो स्पष्ट रूपमा यौन परिपक्वताको पहिचान हो । अध्ययनमा अनुसन्धानकर्ताहरूले नवीनतम कम्प्युटर प्रविधिको उपयोग गरेर १५ पुरुषको तस्बिरलाई विभिन्न आयाममा हेरेका थिए ।