एसजेड-१५० सिरिज कम्युटर मोटरसाइकल नेपाली बजारमा

नेपालमा यामाहा मोटरसाइकलको आधिकारिक वितरक मोरङ अटोवक्र्सले नारायणगढको यामाहा सोरुम नवीन अटो सेन्टरमा यामाहाको नया मोडल एसजेड-१५० सिरिज कम्युटर बिक्री सुरु गरेको छ ।
मोटरसाइकल लन्च अवसरमा कम्पनीले विभिन्न सांगीतिक कार्यक्रम, नया मोटरसाइकल टेस्ट राइड आदि प्रदर्शन गरेको जनाएको छ । 
यामाहाको एसजेड-१५० सिरिज कम्युटर मोटरसाइकल नेपाली बजारमा लोकपि्रय हुने कम्पनीको दाबी छ ।दुई मोडल रहेका एसजेड सिरिजमध्य एसजेड एक्स सेल्फ स्टार्ट हुन्छ भने र एसजेड आर सेल्फ स्टार्टका साथै डिस्क ब्रेक रहेको छ । 
नयाँ मोडलको मोटरसाइकलमा एक्स्ट्रा कम्र्फट, एक्स्ट्रा आनन्ददायक, पिकअप र वारेन्टी रहेको छ । फोर स्ट्रक, ५ वर्षे वारेन्टीसहितको १५३ सिसीको यामाहा एसजेडको मूल्य १ लाख ६९ हजार ९ सय रुपैयाँ पर्ने कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।