अमिताभ बच्चन र डेनीसँग बसेर रमाइलो गरेको अहिले जस्तै लाग्छ

झन्डै दुई दशकअघि हिन्दी फिल्म खुदागवा’ को सुटिङसँगै पर्दामा उत्रिएको मुस्ताङ पछिल्ला वर्षहरूमा देश-विदेशका फिल्म सुटिङ गर्ने आकर्षक थलो बनेको छल विमल खतिवडा
मुस्ताङस्थित ओमसोम होटलका सञ्चालक विष्णुराज हिराचनलाई बलिउडका चर्चित हस्तीहरू अमिताभ बच्चन र डेनीसँग बसेर रमाइलो गरेको अहिले जस्तै लाग्छ । होटलमा बसेर सँगै खाएको र उनीहरूसँग रमाइलो गरेको २२ वर्ष बितिसक्दा पनि उनको दिमागमा त्यो समयको घटनाक्रम स्मरणमा ताजै छ ।पहिलोपटक २०४५ सालमा अफगानिस्तानको जस्तो मरुभूमिको दृश्य खिच्न 'खुदागवा' फिल्मको युनिट मुस्ताङ आएको समयमा उनकै होटलमा महिना दिनसम्म बसेको थियो । त्यही समयमा उनको परिचय अमिताभ र डेनिसँग हुन पुग्यो । एक महिनासम्म तीनजनाको दौँतरी राम्रै जम्यो । मुकुल आनन्दद्वारा निर्देर्शित चलचित्रका नायक अमिताभ र खलनायक डेनी भएकाले दुवै स्टार मुस्ताङ आएका थिए । एक महिनासम्म मुस्ताङको हावापानीमा रम्दै फिल्म सुटिङमा व्यस्त बनेका दुवैले स्थानीय संस्कृति र खानाको स्वाद लिएको हिराचन अहिले पनि सम्भिmन्छन् । 'उनीहरु दिनभरि फिल्म सुटिङमा रमाउंँथे,' हिराचनले सम्झे, 'बेलुका भएपछि सुटिङ स्थलका स्थानीयसँग बसेर गफगाफ गरी थकान मेटाउँथे ।''खुदागवा' को टोली मुस्ताङमा मितेरी साइनो गांँसेर बिदाइ भएको केही समय नबित्दै स्वरकी धनी आशा भोस्लेद्वारा स्वरबद्ध 'पर्देमा रहने दो...'.बोलको गीतको भिडियो छायांकन गर्न म्युजिक भिडियोको टोली मुस्ताङ आयो । भिडियोमा मुस्ताङका विभिन्न्ा स्थानका दृश्य कैद गरी टोली मुम्बई प्रस्थान गरेको थियो । 


हिन्दी फिल्म र गीतको छायांकनसँगै नेपाली चलचित्रका निर्देशक र निर्मातालाई मुस्ताङमा सुटिङका लागि बाटो खुलेजस्तै भयो । त्यसयता कुनै पनि चलचित्रको मुस्ताङमा सुटिङ सकेको थियो । अचेल महिना दिनमै पांँचवटासम्म फिल्म, भिडियो, टेलिफिल्म सुटिङ गर्न सुटिङ युनिट मुस्ताङ पुग्ने गरेको छ । 

नेपालीमा भने प्रदीप उपाध्यायद्वारा निर्देशित चलचित्र 'झुमा' पहिलोपटक मुस्ताङको मुक्तिनाथ मन्दिरमा छायांकन गरिएको थियो । त्यसपछि 'शिखर', 'कर्मा', 'पापी', 'ताल', 'कागबेनी', 'च्यालेन्ज', 'कोही मेरो' लगायत दर्जनौं चलचित्र मुस्ताङमा छायांकन भइसकेका छन् । हरिवंश र मदनकृष्णद्वारा ०४९ सालमा निर्माण गरिएको हास्य टेलिफिल्म 'लालपुर्जा' को आधा भाग मुस्ताङमै सुटिङ गरिएको थियो ।

'काठमाडौंका दृश्यलाई बारम्बार दोहोर्‍याउँंदा दर्शक वाक्क बन्छन,' 'लालपुर्जा' का निर्देशक मदनकृष्ण श्रेष्ठले भने, 'एउटै दृश्य हेर्दा हेर्दा आजित दर्शकलाई नयांँपन दिन मुस्ताङमा सुटिङ गरेका थियौं ।' उनका अनुसार टेलिसिरियल 'लालपुर्जा' प्रसारणमा आएपछि धेरैले मुस्ताङलाई सुटिङको प्रमुख थलो बनाउन थाले । 'लालपुर्जा'मा मुस्ताङका मनमोहक दृश्यलाई कैद गरी प्रसारण गरिएकाले विदेशी चलचित्रकर्मीको ध्यान मुस्ताङ केन्दि्रत बनेको श्रेष्ठले दाबी गरे । महजोडी पुनः मुस्ताङमा राम्रो टेलिफिल्म सुटिङ गर्ने सोच बनाउँछन् ।

चर्चित रक सांगीतिक ब्यान्ड नेपथ्यले चर्चित गीत 'जोमसोमै बजारमा...' को म्युजिक भिडियो छायांकन गरी सांगीतिक क्षेत्रमा पनि मुस्ताङका सौन्दर्यता उतार्न सकिन्छ भन्ने सावित गरायो । त्यसपछि त मुस्ताङमा म्युजिक भिडियो छायांकन

गर्नेको ताँती नै लाग्ने गरेको छ । काठमाडौंबाट आधुनिक गीतदेखि लिएर दोहोरी गीतको सुटिङका लागि निर्माता निर्देशकले टोली मुस्ताङलाई आउने क्रम बढेको हिराचन बताउँछन् । 

नेपाली मात्रै हैन, अहिले मुस्ताङमा चिनिया, फे्रन्च, स्पानिस, इटालियन फिल्म र भिडियो छायांकन गर्नेको दैनिकजसो

लर्को लाग्ने गरेको छ । 'मुस्ताङका दृश्य क्यामेरामा जति कैद गर्‍यो उति कैद गरौंगरौं लाग्छन्,' केहीअघि मात्रै प्रदर्शनमा आएको नेपाली चलचित्र 'कोही मेरो'

निर्माता सुरज वंशलले भने, 'त्यही

भएर मैले पनि फिल्मका दुईओटा गीत र कथाका केही दृश्यलाई मुस्ताङको सौन्दर्यतामा मिसाएँ ।'

मुस्ताङजस्तै रमणीय स्थान अन्यत्र नभएकाले चलचित्र सुटिङका लागि उपयुक्त ठाउंँ बनेको वंशलको ठम्याइ छ ।

'यहाँ फिल्म सुटिङका लागि जस्तो दृश्य चाहिन्छ, त्यस्तै पाइन्छ' अन्नपूर्ण संरक्षण कोष -एक्याप) का संरक्षण अधिकृत सन्तोष शेरचनले भने, 'त्यही भएर पनि मुस्ताङमा चलचित्र छायांकन गर्न स्वदेशी र विदेशी सिनेकर्मीको ओइरो लागेको होला ।' 

उनका अनुसार छायांकारले मरुभूमि, स्याउका फूल, ताल, हिमशंृखला, मुक्तिनाथ, कागबेनी, जोमसोम, मार्फा, टुकेचेलगायत सुन्दर स्थानलाई क्यामेरामा कैद गर्छन् । 'च्यालेन्ज'को सुटिङका क्रममा मुस्ताङ आएकी नायिका रेखा थापालाई पनि मुस्ताङका दृश्यले लोभ्यायो । उनी केही दिनमै चलचित्र 'अन्दाज'को छायांकनका लागि नायक जीवन लुइर्ँटेल र नवनायक सविन श्रेष्ठलाई लिएर मुस्ताङ जाँदै छिन् ।

'मुस्ताङमा धेरै चलचित्र छायांकन गरिए पनि वास्तविक दृश्य अझै क्यामेरामा कैद हुन सकेका छैन,' उनले भनिन्, 'त्यही भएर नयाँ दृश्य मेरो चलचित्रमा राखेर

दर्शकलाई मुस्ताङमा लुकेका सौन्दर्यता देखाउनेछु ।'