कालिबाबा ध्यान छाडेर पत्रकार युवतीतिर लिन

प्रख्यात साधु कालिबाबा ध्यान र अनुयायीहरु छोडेर एक भक्तिनीसंग लिन हुन थालेपछि अनुयायीहरु रुष्ट बनेको समाचार सार्वजनिक भएको । पछिल्लो पटक पशुपति बनकालीमा महायज्ञ गर्न आएका कालिबाबासंग हजारौं अनुयायीहरुमध्येकी एक भक्तिनीसंग बढी आशक्त भएपछि अन्य अनुयायीहरु लज्जित भएका छन्। केही समय सरकारी मुखपत्र गोरखापत्र दैनिकमा समाचारदाताको रुपमा समेत काम गरेकी ती भक्तिनीप्रति कालिबाबा यति आशक्त भएकी, पछिल्लो समयमा भारत जाँदा उनलाई पनि संगै लिएर गएको चर्चा चलेको छ। अहिले ती भक्तिनी कालिबाबासंगै भारतको तिनसुकीयास्थित आश्रममा तपस्यामा लीन रहेको बताइएको छ। नेपाल आउदा समेत ती तपस्वीनीले बाबाको शयनकक्षमै कब्जा जमाएपछि अनुयायीहरु रुष्ट बनेका हुन्। काम क्रोध, लोभ मोह सबै त्यागेर तपस्वी बनेका बाबाको ब्रम्हाचार्य भंग गराउन सफल ती भक्तिनीको बारेमा समेत अहिले खोजबीन भइरहेको छ।

वनकालीमा महायज्ञ गरेका बेला कालिबाबालाई भेट्न पूर्व राजा ज्ञानेन्द्र शाह पनि पुगेका थिए। नेपालमा राजतन्त्र ब्यूँताउछु भन्दै हिडेका कालिबाबाले ओखलढुंगाबाट आफूलाई भेट्न आएका छोरा उज्जल दाहाललाई समेत बेवास्ता गरेका थिए। बनकाली महायज्ञमा पुगेका उज्जलाई कालिबाबाले अन्य भक्तजन सरह आशीर्वाद दिएपनि छोराको चाहना अनुसार पारिवारिक कुरा गर्न चाहेनन्। कालिबाबाले उनलाई छोरा स्वीकार नगरेको चर्चा पनि चल्ने गरेको छ। छोरालाई वास्ता नगर्ने तर आफ्नी चेली बताउने ती पूर्व पत्रकार महिलालाई भने आश्रममा पनि संगै लिएर हिड्ने बाबाको चरित्र देखेर भक्तजनहरु रुष्ट बनेका छन्। यसबाट नेपालमा कालिबाबाको क्रेज घटेको छ।