बिशेष अदालतले चर्चित सुडान घोटाला प्रकरणका अभियुक्तहरुलाई १५ दिनभित्र अदालतमा उपस्थित नभएमा अभियोग प्रमाणित हुने गरी अदालतमा उपस्थित हुन म्याद जारी गरेको छ । बिशेष अदालतका अध्यक्ष गौरीबहादुर कार्की र सदस्यद्वय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको संयुक्त इजलासले अभियुक्तहरुलाई सुनुवाइको सुरुवात गर्दै १५ दिन म्याद दिएको हो । मंगलबार अख्तियर दुरुपयोग अनुसन्धान आयोगले तीन पूर्व आइजीपीसहित ३६ जनाको बिरुद्धमा बिशेष अदालतमा सुडानमा खटिएका प्रहरीका लागि ४४ करोडको एपीसीलगायतका समान खरिद गर्दा २८ करोड ८१ लाख ६१ हजार ६ सय २९ रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै यसलाई विगोको रुपमा दावी गर्दै मुद्दा दायर गरेको थियो ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता ईश्वरीप्रसाद पौडेलले सुडाना घोटाला प्रकरणमा दोषि पाइए प्रधानमन्त्रीलाईसमेत नछाड्ने बताए पनि पूर्वगृहमन्त्रीहरु कृष्ण सिटौला, वामदेव गौतम भीमरावल लगायत र गृहसचिवलाई प्रमाण नपुगेको भन्दै उन्मुक्ति दिएको छ ।
प्रमाण पुगे पियनदेखि प्रधानमन्त्री सम्मलाई कारवाही गर्ने कुरा रिपोर्टर्स क्लवमा आयोजित एक कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता ईश्वरीप्रसाद पौडेलले बताएका पनि सुडान घोटला काण्डमाथि अनुन्धान घोटला भएको आशंका व्याप्त छ । । पौडेलले प्रमाण नपुगेकोले सुडान घोटालामा तत्कालिन गृहमन्त्री र गृहसचिवविरुद्ध मुद्दा दायर गर्न नसकेको बाध्यता सुनाए । प्रवक्ता पौडेलले तत्कालिन गृहमन्त्री र गृहसचिवले खरिद प्रक्रियामा कुनै किसिमको आदेश दिएको कुरा लिखित र मौखिक रुपमा नआएको त्यस्तै कानूनले समेत उनीहरुको संलग्नता हुने नदेखिएकोले मुद्दा लगाउन नसकेको स्पष्ट पारे ।
सार्वजनिक खरिद ऐनले आईजीपीलाई नै खरिदको अधिकार दिएकोले पनि त्यसमा राजनीतिक र प्रशासनिक नेतृत्वलाई कारबाही गर्ने कुनै कानुन नभएको उनको तर्क थियो ।