फेसबुकको नम्बर वान हिरो आमिर

Aamir Khan - ../aamir/aamir10.jpgनम्बरको खेलमा पटक्कै विश्वास नगर्ने अभिनेता आमिर खान फेसबुकमा पहिलो नम्बरका स्टारको रुपमा उभिएका छन्।  आमिरको फेसबुक पेजमा २९ लाख प्रशंसक देखिएका छन्। उनी  पछाडि अभिनेता सलमान खानको पेजमा २३ लाख प्रशंसक देखिन्छन्। तेस्रो स्थानमा अभिनेत्री प्रियंका चोपडा छिन् भने चौथो र पाँचौं स्थानमा क्रमशः अभिनेताद्वय रणवीर  कपुर र शाहरुख खान छन्।