रामदेवले ११ हजार जनाको सशस्त्र फौज निर्माण गर्ने घोषणा
भ्रस्टाचारविरुद्ध अनसन सुरु गरेपछि विवादित बनेका योग गुरु रामदेवले ११ हजार जनाको सशस्त्र फौज निर्माण गर्ने घोषणा गरेका छन्। ४० वर्षमुनिका पुरुष-महिला रहने संगठनका सदस्यलाई हतियार चलाउने तालिम दिइने उनले बताएका छन्। आवश्यक परे ११ लाखको फौजी संगठन तयार पार्ने उनको भनाइ थियो। सशस्त्र संगठन निर्माणको निर्णय गर्ने योग गुरुले आफू हिंसाको पक्षधर भने नरहेको स्पष्टोक्ति दिए। हरिद्वारमा अनसन जारी राखेका योग गुरुले भारतको केन्द्र सरकारलाई चुनौती दिँदै भने-सरकारले एकजना रामदेवलाई हिरासतम लियो, तर यस्ता कैयौं रामदेव छन् सरकार कस कसलाई गिरफ्तार गर्छ। उनले भ्रष्टाचारविरोधी लडाइ जारी रहने बताए।