निर्जीव वस्तु ढुङ्गा भएकोले ढुङ्गा हिड्छ भन्ने कुराको विश्वास कसैलाई छैन तर अनौठो अचम्मको कुरा यो छ की ढुङ्गा घस्रिएर हिड्न थालेको प्रमाण भेटिन थालेपछि वैज्ञानिकलाई चुनौती थपिदिएको छ । मानिस नबस्ने अमेरिकाको ‘डेथ भ्याली’ मा यस्तै घस्रिएर आफै हिड्ने कैयौ ढुङ्गाहरु फेला परेका छन् । समथर भूमिमा ती ढुङ्गाहरुले बनाएको गोरेटो बाटोहरु पनि प्रष्ट देख्न सकिन्छ । ग्रीष्ममा सुख्खा अनि अलिअलि हिलो हुने र हिउँदमा हिँउले छोपिने उक्त उपत्यकाको अनुसन्धानका लागि भूगर्भ शास्त्री हरुको एक समूह त्यहाँ पुगिसकेको छ ।विगत एक दशकदेखि भइरहेको ढुङ्गाको चालले प्रकृतिको अर्को रहस्य बाहिर ल्याएको बताउँछन् अनुसन्धानमा संलग्न । ग्रीष्म याममा ढुङ्गा नै सुक्न तातो तापक्रममा ढुङ्गा घस्रने हुँदा हिलोले चिप्ल्याएको हुन सक्ने सम्भावनालाई उनीहरुले अस्विकार गरेका छन् । त्यसमाथि ढुङ्गाले सानो खाडल नै बनाएर अगाडि गतिशिल भएको भू(दृश्य यत्रतत्र देख्न सकिन्छ । अचम्म लाग्दो कुरा के छ भने ढुङ्गाहरु एक अर्कासँग समानान्तर भएर अघि बढेको पाइन्छ ।२ देखि ५ वर्षको अवधिमा केहि ढुङ्गाभन्दा अन्य ढुङ्गाले बढी नै दुरी तय गरेको भूगर्भशास्त्रीले बताएका छन् । ढुङ्गा कसरी हिड्यो अनि ट्रयाकहरु कसरी बने, यो अझै रहस्य नै छ ।
तस्वीरहरुः अनलाइनखबरनिर्जीव वस्तु ढुङ्गा भएकोले ढुङ्गा हिड्छ भन्ने कुराको विश्वास कसैलाई छैन तर अनौठो अचम्मको कुरा यो भउको छ की ढुङ्गा घस्रिएर हिड्न थालेको प्रमाण भेटिन थालेपछि वैज्ञानिकलाई चुनौती थपिदिएको छ । मानिस नबस्ने अमेरिकाको ‘डेथ भ्याली’ मा यस्तै घस्रिएर आफै हिड्ने कैयौ ढुङ्गाहरु फेला परेका छन् । समथर भूमिमा ती ढुङ्गाहरुले बनाएको गोरेटो बाटोहरु पनि प्रष्ट देख्न सकिन्छ । ग्रीष्ममा सुख्खा अनि अलिअलि हिलो हुने र हिउँदमा हिँउले छोपिने उक्त उपत्यकाको अनुसन्धानका लागि भूगर्भशास्त्रीहरुको एक समूह त्यहाँ पुगिसकेको छ ।
विगत एक दशकदेखि भइरहेको ढुङ्गाको चालले प्रकृतिको अर्को रहस्य बाहिर ल्याएको बताउँछन् अनुसन्धानमा संलग्न । ग्रीष्म याममा ढुङ्गा नै सुक्न तातो तापक्रममा ढुङ्गा घस्रने हुँदा हिलोले चिप्ल्याएको हुन सक्ने सम्भावनालाई उनीहरुले अस्विकार गरेका छन् । त्यसमाथि ढुङ्गाले सानो खाडल नै बनाएर अगाडि गतिशिल भएको भू(दृश्य यत्रतत्र देख्न सकिन्छ । अचम्म लाग्दो कुरा के छ भने ढुङ्गाहरु एक अर्कासँग समानान्तर भएर अघि बढेको पाइन्छ ।२ देखि ५ वर्षको अवधिमा केहि ढुङ्गाभन्दा अन्य ढुङ्गाले बढी नै दुरी तय गरेको भूगर्भशास्त्रीले बताएका छन् । ढुङ्गा कसरी हिड्यो अनि ट्रयाकहरु कसरी बने, यो अझै रहस्य नै छ ।




