मोबाइल को दुनिया एकाधिकार जमाउदै र धेरै को लोकप्रिय बन्दै गरेको आइफोन र आइप्याडको नयाँ मोडल आफूलाई हेर्न दिन अदालती आदेश माग गर्दै सामसुङ इलेक्ट्रोनिक्सले एप्पल कम्पनीविरुद्ध मुद्दा दर्ता गरेको छ। एप्पलको उत्पादन नक्कल गरेको भन्ने आरोपबाट जोगिन यस्तो जानकारी आवश्यक भएको जिकिर सामसुङको छ। दक्षिण कोरियामा मुख्य कार्यालय भएको सामसुङ कम्पनीले शुक्रबार अमेरिकाको क्यालिफोर्नियास्थित संघीय अदालतमा रिट दर्ता गर्दै जेठ ३० गतेसम्म नयाँ उत्पादनको नमूना आफूलाई उपलब्ध गराउन आदेश दिन अदालतसँग माग गरेको छ।
सामसुङ र एप्पल दुवैको नयाँ उत्पादन लगभग एकै समयमा बजारमा आउँदैछ। सामसुङ र एप्पलबीचको कानुनी लडाइँ लामो समयदेखि जारी छ। यसअघि सामसुङको बजारमा आइनसकेको उत्पादन हेर्न पाउनु पर्ने माग गर्दै एप्पल अदालत गएको थियो।
त्यसको एक महिनापछि सामसुङ पनि एप्पलको उत्पादन हेर्न पाउनु पर्ने माग राख्दै अदालत गएको हो।गत अप्रिलमा सामसुङको ग्यालेक्सी उत्पादनको प्रविधि र डिजाइन आइप्याड र आइफोनको नक्कल भएको दावी एप्पलले गरेपछि दुई कम्पनीबीच कानुनी लडाइँ सुरु भएको हो। हेर्दै जाऊ यो दुइ कम्पनि बीच को लडाई ले ग्राहक लाई कस्तो फाइदा हुने हो ??