अघिल्लो दिनको तुलनामा शनिबार व्यापार खस्के पनि सलमान खानको ‘रेडी' बलिउडकै दोस्रो सर्वाधिक ठूलो ‘ओपनिङ' गर्ने फिल्म बनेको छ।यसले दुई दिनमै ‘दबंगपछिको उत्कृष्ट व्यापार गरेको छ। आइतबारसम्मको बक्स अफिस रेकर्डमा ‘रेडी'ले भारू ४० करोड ६५ लाखको व्यापार गरेको छ। जबकि ‘दबंग'ले ४८ करोड ५० लाखको व्यापार गरेको थियो।बिज्नेस अफ सिनेमा डट कमका अनुसार ‘रेडी'ले शुक्रबार १३ करोड १५ लाख संकलन गरेको थियो। त्यस्तै शनिबार जम्मा १२ करोड २५ लाख उठाएको थियो। त्यस्तै आइतबार १५ करोड २५ लाखको व्यापार गरेको छ।
बलिउडका उत्कृष्ट ५ ओपनर
- १)दबंग - ४८ करोड ५० लाख
- २)रेडी- ४० करोड ६५ लाख
- ३)थ्री इडियट- ४० करोड
- ४)तीस मार खान- ३८ करोड
- ५)गोलमाल- ३६ करोड