सबैभन्दा सस्तो कार ‘नानो’ कार चढेर आनन्द जीवनको परिकल्पनामा सयौ. नेपालीहरुले सपना बुनिरहेका थिए तर भारतबाट नेपाल भित्रन लामो समय लागेका कारण सपना पूरा हुन सकेको थिएन तर अब नेपाली बजारमा तीन साताभित्र नै नेपाली उपभोक्ताले नानो कारको मज्जा लिन पाउनेछन्।
भारतीय गाडी निर्माता कम्पनी टाटा मोटर्सले उत्पादन गरेको नानोको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले जेठ १८ मा नानोलाई काठमाडौंमा सार्वजनिक गरेको थियो। ‘असार १६ भित्र नेपालीले नानो किन्न पाउँने सिप्रदी ट्रेडिङले जनाएको छ । संसारकै सबैभन्दा सस्तो दाबी गरिएको नानो कार (दुईवटा) लाई सिप्रदीले जेठ पहिलो साता काठमाडौं ल्याएको थियो। कम्पनीले वीरगन्जसम्म कन्टेनरमा र त्यहाँबाट कुदाएर काठमाडौंको टेकुस्थित आफ्नो सोरुमसम्म ल्याएको थियो, नानो कारलाई नेपाली बजारमा कति पर्छ आउनु होस् भित्र ।

नानोका तीनथरी मोडेल छन्। सबैभन्दा सस्तोलाई नानो, मध्यमलाई नानो सिएक्स र सबैभन्दा महँगोलाई नानो एलएक्स नाम दिइएको छ। भारतमा नानोको मूल्य १ लाख ५० हजार, नानो सिएक्सको १ लाख ८० हजार र नानो एलएक्सको २ लाख १० हजार रुपैयाँ पर्छ। ुतीनैथरी नानो नेपाली बजारमा उपलब्ध हुनेछन्, स्रोतले भन्यो।नेपाली बजारमा आउँदा नानोको मूल्य ८ लाख १६ हजार, नानो सिएक्सको ९ लाख ७९ हजार २ सय र नानो एलएक्सको ११ लाख ४२ हजार ४ सय रुपैयाँ पर्छ। भारतीय मूल्यमा सबै किसिमका कर ९२ सय ४० प्रतिशत० जोडेर नेपाली रुपैयाँमा नानोको भाउ निकालिएको हो।
नानोलाई नेपाली सडकमा एक महिनाभित्र १० हजार किलोमिटर कुदाएपछि पुनः थप ३५ हजार किलोमिटर कुदाउने योजना कम्पनीको छ। काठमाडौंबाट तातोपानी, जिरी हुँदै फर्किएर मंगलबार दिउँसो धरान पुगेका दुई नानो राति विराटनगर गएका हुन्।नानोमा चार सिट छन्। यसको इन्जिन क्षमता ६ सय २४ सिसी रहेको छ। दुई सिलिन्डर रहेको नानो अधिकतम १ सय ५ किलोमिटर प्रतिघन्टाको गतिमा कुद्न सक्छ। यसमा पाँच गियर हुन्छ। नानोको अगाडि र पछाडि दुवै पाङ्ग्रामा ड्रम ब्रेक छन्। पाङ्ग्रा ट्युबरहित छन्।
सस्तो नानो आइभोरी ह्वाइट, रेसिङ रेड र समर ब्ल्यु, नानो सिएक्स आइभोरी ह्वाइट, रेसिङ रेड, समर ब्ल्यु, च्याम्पेन्ज गोल्ड र लुनार सिल्भर तथा नानो एलएएक्स सनसाइन येल्लो, च्याम्पेन्ज गोल्ड र लुनार सिल्भर रंगमा उपलब्ध हुनेछन्।
हिटरसहितको एयर कन्डिसनर, फ्रन्ट पावर विन्डो, कप होल्डर, सबै ढोकामा म्यागाजिन र सिक्का राख्ने ठाउँ, सबै सिटमा टाउको अडेस लगाउने भाग, चालक र यात्रुका लागि सनभाइजर, हेड ल्याम्प लेभलिङ, लो फ्युल वार्निङ ल्याम्प, पछाडिको सिट फोल्ड गर्न मिल्नेलगायत विशेषता नानोमा छन्।
नानोमा सेन्ट्रल लक, सेन्टर हाइ माउन्ट स्टप ल्याम्प, लेमिनेटेड विन्डसिल्ड, बुस्टर एसिस्टेड ब्रेक, सबै सिटमा बेल्ट, इन्ट्र्युजन बिमलगायत सुरक्षा सुविधा छन्।